विश्वभर ३ लाख कोरोना संक्रमित निको भए

काठमाडौं, २६ चैत ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ३ लाख नाघेको छ । यो भाइरसबाट सबैभन्दा बढी चीनमा निको भएका छन् । त्यहाँ ८१ हजार ८ सय संक्रमितमध्ये ७७ हजार २ सय विरामी निको भइसकेका छन् ।
त्यस्तै, स्पेनमा ४३ हजार, जर्मनीमा ३६ हजार, इरानमा २७ हजार, इटालीमा २४ हजार विरामी उपचारपछि घर फर्किसकेका छन् ।
अमेरिकामा २१ हजार, फ्रान्समा १९ हजार, स्वीट्जरल्याण्डमा ८ हजार ७ सय, दक्षिण कोरियामा साढे ६ हजार, अष्ट्रेलियामा २५ सय व्यक्ति कोरोनाबाट मुक्त भइसकेका छन् ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाबाट विश्वका २०९ देश प्रभावित भइसकेका छन् । बुधबार बिहानसम्म यो भाइरसबाट संक्रमितको संख्या १४ लाख ३० हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ८२ हजार मानिसले ज्यान गुमाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here