बागलुङ, २१ चैत ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ६ वर्षीय बालक होमराज कँडेलको आँत विगत एक सातादेखि तातेको छ । गाउँकै स्वास्थ्य चौकीमा उपचार गराउँदा उनलाई निको भएन । त्यसपछि गाउँनजिकैको आरोग्य अस्पतालामा लगे ।
त्यहाँ सबै चेक गर्दा निमोनिया भएको आशंकासहित अस्पतालले गण्डकी प्रदेशकै ठूलो निजी अस्पताल मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गर्यो ।
मणिपाल अस्पतालले पनि भर्ना नलिई उल्टै सरकारी अस्पतालमा ‘रिफर’ गरिदियो । मणिपालले रिफर गरिदिएको अस्पताल गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसम्म एम्बुलेन्समा बिहीबार राति पुगेका बालक होमराजको अस्पतालले भर्ना नै गरिदिएन । अस्पतालभित्र पनि बस्न पाएनन् । रात बाहिर खुला आकाशमुनि कटाए । ज्वरो र खोकीले ग्रस्त बालक ६ दिनदेखि पानीमात्र खाएका छन् । तर उनको अस्पतालले वास्ता नगर्दा उनी अस्पताल नजिकैको चौतारोमा बसिरहेका रहेछन् ।
अहिले गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनका स्वकिय प्रकाश दिपक पौडेलको पहलमा उनलाई इमेरजेन्सीमा उपचार गरिदै छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here