
पर्वत, ३ कात्तिक
पर्वतको एक विद्यालयको व्यवस्थापन समितिमा सबै पदमा महिला पदाधिकारी चयन भएका छन् ।
पर्वतको काफलचौर माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको अधिवेशनबाट सबै पदमा महिला पदाधिकारी चयन भएका हुन् ।
विद्यालय व्यवस्थापन समितिमा रहनका लागि ६ जना महिलासहित १३ जना पुरुषले दरखास्त दिएपनि अन्ततः पुरुष उम्मेदवारहरु बाहिरिएपछि सबै पदमा महिला पदाधिकारी चयन गरिएको विद्यालयका प्राचार्य लक्ष्मण गौतमले जानकारी दिनुभयो ।
समितिको अध्यक्षमा शान्ति पाध्या देवकोटा रहुनभएको छ । सदस्यहरुमा प्रेमकुमारी शर्मा, गिता विक, पार्वती विक, माया क्षेत्री र गौरी गिरी रहनुभएको छ ।
जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले महिलालाई विद्यालय सुधार तथा व्यवस्थापनका क्षेत्रमा अघि सारेर विद्यालयले उदारणीय कार्य गरेको बताउनुभयो । नेपाल सरकार शिक्षा मन्त्रालयबाट आठौँ संशोधित शिक्षा ऐन २०२८ लागु गरेपछि पहिलोपटक काफलचौर माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन भएको हो ।










