इटालीमा उपचारमा संलग्न ५१ जना डाक्टरको मृत्यु

काठमाडौं, १६ चैत ।
इटालीमा कोरोना भाइरसको संक्रमणबाट ५१ जना चिकित्सकको मृत्यु भएको छ ।
इटालियन एसोसियसन अफ डक्टर्सका अनुसार महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको छ ।
मृत्यु हुने ५१ जना चिकित्सकमध्ये ३२ जना सबैभन्दा बढी प्रभावित मानिएको लोम्बार्दी क्षेत्रका भएको जनाइएको छ ।
एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्टको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार रातिसम्म इटालीमा कोरोना भाइरसको संक्रमणका कारण ९ हजार १३४ जनाको मृत्यु भएको छ भने ८६ हजार भन्दा बढी संक्रमित भएका छन् ।
३७ सय भन्दा बढीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here