
बागलुङ चैत्र ११ ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको वेला काँठेखोला गाउपालिकाले विपन्न जनतालाई राहत सहयोग गर्ने भएको छ ।
गाउँपालिकाभित्रका विपन्न जनतालाई खाद्यान्न वितरण गर्न लागिएको पालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । यो राहत दैनिक श्रमका आधारमा हातमुख चलाउनेलाई मात्र हो ।
‘पालिकाभित्रका लकडाउनका कारण विहान वेलुका छाक टार्न समस्या भएका जनतालाई खाद्यान्न वितरण गर्न लागेका छौ ।
खाद्यान्न राहत वडा अध्यक्ष मार्फत विपन्न परिवारको घरमा नै पुराइने ब्यवस्था मिलाइएको छ । ‘पहिला वडा वडाबाट छाक नै टर्न नसक्ने विपन्न परिवारको तथ्यांक संकलन गर्यौ, अनि त्यसैका आधारमा खाद्यान्न वितरण गर्ने तयारी गरेका हौ,’ अध्यक्ष थापाले भने ।
तस्विरःमनोज कार्की









