
बागलुङ, १० चैत ।
धौलागिरी अंचल अस्पताल बागलुङमा उपचारको लागि आएका एक जना विरामीलाई कोरानो संक्रमणको आशंकमा आईसोलेसन वार्डमा भर्ना गरिएको छ ।
उक्त विरामीमा कोरोना संक्रमणको लक्षणसँग मिल्दा जुल्दा लक्षण भेटिए पछि उहाँलाई आईसोलेसन कक्ष भर्ना गरिएको हो ।
विरामीको आवश्यक स्वास्थ्य परीक्षणको लागि नमुना संकलन गरी पोखरा पठाएको अंचल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशको नमुना संकलन पोखरामा गरेर परीक्षणको लागि काठमाण्डौ पठाईने छ ।
भारत पटना बाट बाग्लुङ आएका एक जना आइसोलेसन मा भर्ना, निज को कोरोना टेस्ट को लागी स्याम्पल काठ्मान्डु पठाइयो । निजको अन्य बिबरण गोप्य राखिएको छ









