धौलागिरी अञ्चल अस्पतालमा २८ वर्षको अनुभूती

राम प्रसाद खनाल
जनस्वास्थ्य अधिकृत
आजभन्दा करिव २८ वर्ष अघि जागीरको शिलशिलामा त्रि.वि. महारजगंज क्याम्पसबाट हे.अ. को अन्तिम परीक्षा सकेर यहि अस्पतालको परिसरमा रहेको सेभ द चिल्डेन फन्ड काम गर्ने मौका मिल्यो त्यस संस्थामा आमा र बच्चाको स्वास्थ्य सेवा प्रदान गर्ने कार्य साथै हे.पो. सहयोग कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीको क्षमता अभिवृर्ति कार्यक्रम, समुदायस्तरमा स्वास्थ्य शिक्षा र चेतना मूलक कार्यक्रम जस्ता उपचारात्मक प्रतिकारत्मक र प्रवध्यत्मक स्वास्थ्य सेवामा सफल रुपमा सरिक भए ।
२०५३ सालमा सेभ द चिल्डेन कार्यक्रम सकिए पश्चात केही समय बागलुङमै बसेर स्वास्थ्य सेवा गर्ने ईच्छा भएकोले तत्कालिन बागलुङ अस्पतालमा कार्य गर्न सुरु गरे । तत्कालिन अवस्थामा बागलुङलाई दुर्गम जिल्ला मानिन्थ्यो भौगोलिक विकटता देशमा स्वास्थ्य जनशक्तिको अभावको कारणले यहाँ स्वास्थ्यकर्मीहरुको उपलब्धता अत्यन्तै न्यून थियो । बाटो घाटोको असुविधा, स्वास्थ्यप्रति चेतनाको कमी र आर्थिक अवस्था कमजोर भएको कारणले बागलुङमा अस्पतालले न्युनतम श्रोत साधनमा अधिकतम स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।
जनतालाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न जनताको स्वास्थ्य रहन पाउने अधिकार वर्ष सुनिस्चित प्रदान गर्नुपर्छ भन्ने राज्यको मूल मर्कालाई आत्मसाथ गर्दै आफ्नो जन्मभूमिको यादलाई बिर्सर्दै करिब २८ बसन्त पार गर्दा २८ दिन वितेजस्तो अनुभूति भएको छैन् । यो अनूभुति प्राप्त गर्न आदरणिय बागलुङबासी बुबाआमा दाजुभाई, दिदिवहिनी सम्पूर्ण नागरिक समाज राजनितिक व्यक्तित्व, उपभोक्ताहरुको ठूलो योगदान छ । यहाँहरु प्रति म सदा सर्वदा ऋणि छु । मैले स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा यहाँका बासिन्दाबाट पाएक सहयोग सदभावले नै म एक सफल स्वास्थ्यकर्मी भएको महसुस गरिरहेको छु । यो नै मेरो जिवनको अमूल्य सम्पति हो । यो सम्पतिलाई सधै जोगाई रहने प्रण गर्दछु ।
स्वास्थ्यकर्मीको पेसा बिरामी र सेवा प्रदान गर्ने बिचको आपासी विश्वासमा आधारित सेवा हो जति बिरामीले स्वास्थ्यमर्की प्रति गर्छन र स्वास्थ्यकर्मीले विस्वास दिलाउन सक्छन त्यति छिटो समस्याको समधान हुन्छ ।
हाल स्वास्थ्य क्षेत्रमा एक आपसमा विस्वासको कमी छ । त्यसैले यो क्षेत्रमा केही अराजक स्थिति पनि सिर्जना हुन्छ । यसलाई हटाउन सकेमा स्वास्थ्य क्षेत्रमा सुधार आउने छ । मलाई मेरो २८ वर्षको क्लिनिकल कामको दौरानमा मेरो सिकाई र काम गराईमा यहाँको उपभोक्ता ज्यूहरुले जुन विस्वास गर्नुभयो मेरो सिकाई र काम गराईमा सहयोग गर्नुहुने आदरणिय व्यक्तित्वहरु पूर्व स्वास्थ्य कार्यलय प्रमुख ज्यूहरु, जिल्ला सुपरभाईजरहरु, अस्पताल व्यवस्थापन समिति, सम्पूर्ण स्वास्थ्यकर्मी साथिहरु, प्रशासक ज्यूहरु आमसेवा ग्राही ज्यूहरु सम्पूर्ण वुवा आमा , दाजुभाई, दिदीवहिनि बालबालिकाहरु जे जसमा म सेवागर्ने मौका पाए उहाँहरु सवैप्रति आभारि छु । आगामी दिनमा पनि म यही सेरोफेरोमा रहि सेव गर्ने मौका पाउनेछु ।

 

२०७६ फागुन ११ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here