
बिनोद बिश्वकर्मा
बागलुङ (बुर्तिबाङ) ९ माघ ।
पञ्चायत कालमा गाउँमा कुनै भेला, सभा तथा बैठक गर्नु पर्ने हो भने सबै भन्दा पहिला खबर पुग्थ्यो त्याहाँका पिउनलाई त्यासपछि हस्याङ खस्याङ गदै सबेरै उठेर गाउँको डाँडाँमा गएरा चिच्याएरा सबै गाउँकालाई खबर गरेपछि गाउँका जनता उपिस्थत हुन्थे ।
अहिले पनि त्यस्तै चलन छ तमानखोला गाउँपालिका वडा नम्बर ६ भित्रीवनमा । अहिले पनि गाउँमा कुनै भेला, सभा तथा बैठक गर्नका लागि सूचना पु¥याउने काम गर्दछन भित्रीवनका ७१ बर्षिय मनु वि.क. ।
पञ्चायत कालमा आफ्ना पिताले गर्दै आएको कामलाई अहिले उनले गर्दै आएका हुन । आफ्नो पिताको निधन भएपनि अहिले गाउँमा पिउन काम गर्दै आएको वि.क.ले बताए ।

उनले गाउँमा बर्षभरी सूचना भनेवापत प्रत्यक घरबाट जम्म ३६ पाथी अन्न पाउने गरेको बताए । ‘जिन्दगी यसैमा बितिसक्यो बर्षभपरी काम गरे बापत जम्मा ३६ पथी अन्नले कसरी छोराछोरी पालु ?’ वि.क.ले भने–‘स्थानिय सरकार आयपछि जनप्रतिनिधिले केही सहयोग गर्छन कि भन्ने लागेको थियो तर हामिलाई केही पनि गरेनन् ।’ उनले आफुलाईृ दिने गरेको अन्नबालीबाट परिवार पाल्न गाह्रो पर्ने गरेको बताए । विकको घरमा श्रीमती सहित एक छोरी र चार छोरा छन् ।
विकले गाउँपालिकाले कुनै बजेट विनियोजित नगरेका कारण आफुले पहिले जस्तै सवैको घरमा बाली उठाउने गरेको बताए ।
वि.क.ले सूचना भनेबापत बाली सहित प्रत्येक घरधुरीबाट एक सय रुपैयाँ तलब दिने गरेको तमानखोला–६ का वडाअध्यक्ष कुलबहादुर छन्त्यालले बताए ।










