
पोखरा, ८ माघ ।
पोखरामा हिजो (मंगलबार)देखि सुरु भएको गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप लिगकम फुटबल प्रतियोगितामा बुधबार बागलुङ पराजित भएको छ ।
बागलुङले पहिलो खेलमा बुधबार तनहुँसँग १–० को हारबाट लिगको सुरुवात गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तनहुँका लागि दीपक थापाले ५० औं मिनेटमा गरेको गोल नै निर्णायक गोल गरे ।
यस्तै बुधबार नै भएको अन्य खेलमा नवलपुर र लमजुङले जित हात पारेका छन् ।
बुधबार भएको पहिलो खेलमा नवलपुरको गैंडाकोट खेलकुद विकास समितिले स्याङ्जाको होराइजन क्लबलाई ३–१ ले पराजित गर्यो । नवलपुरको लागि कुशल प्रताप गुरुङले १ गोल र सुरेन्द्र गुरुङले गोल गरेका थिए । स्याङ्जाको लागि सफल थापाले सान्त्वना गोल गरे ।
दोश्रो खेलमा लम्जुङको टि.वाई.सी. क्लबले मनाङको डाँफे युथ क्लबलाइ २–१ गोल अन्तरले पराजित ग¥यो । लम्जुङको लागि आशिक गुरुङ र उज्वल शाहीले गोल गरे । मनाङको लागी कर्ण गुरुङले गोल गरे ।
प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेलमा नवलपुरको गैंडाकोट खेलकुद विकास र म्याग्दी जिल्ला फुटबल संघ, कास्कीको आदर्श युवा क्लव र मनाङको डाँफे युवा क्लव र बागलुङ जिल्ला फुटबल संघ र स्याङ्जाको होराइजन क्लव बिच हुनेछ ।










