जेसिजको वर्ष २०२०को अध्यक्षमा शाक्य चयन

बागलुङ, ४ माघ ।
बागलुुङ जेसिजको ४२ औ पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम शनिवार बागलुङमा सम्पन्न भएको छ ।
युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजको बर्ष २०२० का लागि निर्वाचित पदाधिकारीको पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो ।
एक व्यक्ति एक पद र एक बर्षको नीतिलाई आत्म साथ गर्दै आएको जेसीजको बर्ष २०१९ का अध्यक्ष एञ्जील शाक्यले बर्ष २०२० का निर्वाचित अध्यक्ष सुरेन्द्र शाक्यलाई नेतृत्व हस्तान्तरण गर्नु भएको थियो । यससंगै बागलुङ जेसीजको अध्यक्षमा बागलुुङका सुुरेन्द्र शाक्य चयन हुुनुुभएको छ ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका साँसद तथा प्रमुख प्रतिपक्ष दलका सचेतक मणिभद्र शर्मा कँडेलले सभ्य समाज निर्माणका लागि सचेत र सकरात्मक सोच भएका युवाहरुको खाचो रहेको बताउनुभयो ।
समाजमा व्याप्त बिकृति बिसंगतीलाई अन्त्य गर्दै समाज परिवर्तनका लागि बिधिको शाषन र व्यक्तिको सर्वोच्चता नै आवश्यक हुने उहाँको भनाई थियो । उहाँले युवाहरुको सकरात्मक सोच, क्रियाशिलता र सहभागीताले मात्र देशको सम्मृद्धि हुने उल्लेख गर्दै सरकारले प्रेसलाई कुण्ठीत गरेर बिधीको शाषन मिच्ने प्रयास गरेकाले सवै सचेत हुन आवश्य रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, नेपाल जेसीज क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारी, राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरी, लेखनाथ जेसीजका अध्यक्ष चिरञ्जिवी न्यौपाने, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्वरबहादुर लामिछाने, नेपाल पत्रकार महासंघका सचिव राम थापा, प्रगतिकुमार स्मृति कोषका संस्थापक संरक्षक ढाक्टर कृष्णबहादुर श्रेष्ठ, सत्यदेवि स्मृति कोषका संरक्षक शैलेन्द्रकुमार श्रेष्ठ, पूर्णतारा अर्वाडवाट सम्मानित व्यक्तित्व बसन्तकुमार श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।


सो अवसरमा बर्ष २०१९ लाई सफल पार्न सहयोग पु¥याउने शाखाका पदाधिकारी, सदस्य, सल्लाहकारलाई बिभिन्न पुरस्कार प्रदान गर्नुका साथै मायाको चिनो बितरण गरिएको थियो ।
पदस्थापन कार्यक्रम बर्ष २०१९ का अध्यक्ष एञ्जील शाक्य, २०२० अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता, निवर्तमान अध्यक्ष लालकुमारी बस्नेत अम्विकाको स्वागत, बर्ष २०१९ का महासचिव सौरभ श्रेष्ठ र २०२० का महासचिव आनन्दप्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।
यसैसंगै बागलुङ जेसीजको कार्यकारी उपाध्यक्षमा सौरभ श्रेष्ठ, रामचन्द्र गौतम, उपाध्यक्षमा सुुरज शाक्य, सौगात खड्का, गणेश महतो, अञ्जिला श्रेष्ठ निर्वाचित हुुनुुभएको छ । त्यसैगरि निर्देशकमा मनिष राजभण्डारी र सोनी कार्की निर्वाचित भएको निर्वाचन आयुक्त जय राजभण्डारीले जानकारी दिनुुभयो ।
यसैगरि महासचिवमा आनन्द प्रसाद रेग्मी, कोषाध्यक्षमा शिव केसी, सहसचिवमा सुदिप सागर कँडेल, सहकोषाध्यक्षमा साधना पन्त, जनसम्पर्क संयोजकमा ताराप्रसाद शर्मा, शाखा सम्पादकमा आकृति भण्डारी लगाएत मनोनित गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here