भीमापोखरामा प्रगति सहकारीको सेवा केन्द्र

बागलुङ, ४ माघ ।
प्रगति बहुउदेश्यीय सहकारी संस्था लि.बागलुङले काँठेखोला–२ भीमापोखरामा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ ।
सदरमुकाम बागलुङ बजारबाट शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको सहकारीले भीमापोखरामा सेवा केन्द्र स्थापना गरेर आफ्नो शेयर सदस्यहरुका लागि सेवा प्रवाह सुरु गरेको हो । यस अगाडि भीमापोखरा बहुउदेश्यीय सहकारी संस्था र प्रगति वहुउद्देश्यीय सहकारी संस्थाबीच एकिकरण भएको थियो ।


सहकारीले शनिवार भीमापोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारी सदस्य केन्द्रित ब्यवसाय भएको भन्दै उत्पादनमुखी काममा लाग्न सुझाव दिए । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी बृद्धि गरी आर्थिक रुपान्तरण र रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो–‘पूर्वाधार र विकासका काम हामी गर्छाै, तपाई उत्पादनमा लाग्नुहोस । बाटोघाटो र खानेपानीका काम हामीले गर्ने हो, बाझा जग्गालाई हराभरा बनाउने काम कृषकको हो ।’


कार्यक्रममा प्रगति सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल ‘कुमार’ले कृषकसंग सहकारी कार्यक्रम उत्पादनमा जोडिन अगाडि सारेको बताउनुभयो । किसानहरुलाई सहुलियत दरमा लगानी गर्ने कार्यक्रम रहेकाले अध्यक्ष पौडेलको भनाई छ ।
कार्यक्रममा काँठेखोला गाउँपालिका–२ का अध्यक्ष विद्यापति शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतम, शिक्षक चन्द्रमणी शर्मा, शेयर सदस्य रामप्रसाद शर्मा, मुकुन्द कार्की, भीमवहादुर केसी, माया थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष कुमार पौडेलको अध्यक्षता, सेवा केन्द्र प्रमुख नारायणदक्त रेग्मीको स्वागत र सचिव उद्यचन्द्र चपाईको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here