
बागलुङ, ३ माघ ।
प्रथम अध्यक्ष कप भलिबल तथा साँगीतिक प्रतियोगितामा आयोजित काठेखोला लोकतारा–२०७६ मा पहिलो चरणबाट २५ जना प्रतियोगि छनोट भएका छन् ।
काठेखोला गाउँपालिकाको आयोजना र कला संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा आयोजित काठेखोला लोकतारा–२०७६ को शुक्रबार भएको पहिलो चरणबाट २५ जना प्रतियोगि छनोट भएका हुन् ।

४३ जनाको सहभागिता रहेको पहिलो चरणबाट जीवन वि.क., सिम्रिका वि.सी., सुदिप बोहोरा, शिखा खत्री, तारा पुन, माया पुन, रिमा परियार, सारदा वि.क., शान्ती वि.क., समित परियार र मेनुका थापा छनोट भएका छन् ।
यस्तै तुलबहादुर वि.क., गंगाबहादुर सुनार, सुजन परियार, कुसुम खाती, सरिता सुनार, खर्क श्रीस मगर, रितु सुनार, प्रकाश बोहोरा, अनिता थापा, सुस्मिता परियार, अनुस पुन, सृजना कुँवर, कोपिला दर्जी र अस्मिता पुन छनोट भएका छन् ।

छनोट भएका २५ जना प्रतियोगिहरुलाई ८ गते मुख्य निर्णयकहरु सुर्य घताने र गणेश पौडेलले प्रशिक्षण दिने र ९ गते दोस्रो चरणमा अन्तिम ७ जना प्रतिस्पर्धी छनोट गरिने कला संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाका अध्यक्ष टिकासंगम विकले जानकारी दिनुभयो ।
प्रथम अध्यक्ष कप भलिबल तथा साँगीतिक प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म संचालन हुनेभएपनि लोकतारा भने आजदेखि सुरु भएको अध्यक्ष वि.क.ले बताउनुभयो । उहाँले लोकतारा अन्तिम चरण माघ १७ गते हुने र विजेता सोहि दिन घोषणा गरिने बताउनुभयो ।

उक्त कार्यक्रमको उद्घाटन पछि बोल्दै गाउँपालिका अध्यक्ष अमर थापाले गाउँपालिका भित्रका युवाहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउनको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
काठेखोला लोकतारा–२०७६ उपसमितिका संयोजक विक्रम शर्माको अध्यक्षतामा सम्पन्न पहिलो चरणको उद्घाटन समारोहको स्वागत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्मा र संचालन कला संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाका सचिव तथा गाउँपालिकाका कर्मचारी मनोज कार्कीले गर्नुभएको थियो ।










