तंग्रामको साना किसान कृषि सहकारीको कारोबार ७ करोड ५६ लाख बढी

बल बहादुर रोका
बागलुङ, २६ पुस ।
बागलुुङको काठेखोला गाउँपालिका ४ तंग्राम स्थित साना किसान कृषि सहकारी सस्थाको २४ औँ साधारण सभा सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारीले गत आर्थिक वर्ष ७ करोड ५६ लाख ६४ हजार ३ सय ५३ रुपैयाँको कारोवार गर्न सफल भएको प्रवन्धक रत्नबहादुुर थापाले जानकारी दिनुुभएको छ । ७ सय ५० जना सेयर सदस्य रहेको संस्थाले ५ लाख १४ हजार २ सय सेयर कारोवार गरेको छ भने ५८ लाख ९७ हजार ऋण लगानीमा रहेको प्रवन्धक थापाले बताउनुुभएको छ ।


साधारण सभाको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले देशमा रोजगारी स्थापना कृषि क्षेत्रमा लगानी गर्न सुुझाव दिनुुभएको छ । उहाँले अव सहकारीले गाउँमा नै रोजगारी सिर्जना गर्ने गरी व्यवसायीक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गरी गाउँमा नै रोजगारी सिर्जना गर्ने गरी युुवाहरुलाई आधुुनिक कृषि प्रणालीमा सहभागी गराउन साना कृषि सहकारीले लगानी गर्न आग्रह गर्नुुभएको हो । ।
अध्यक्ष थापाले सहकारीले बचत र ऋणमा कारोवार सिमित नगरेर जुुन उद्धेश्यले कृषि सहकारी स्थापना गरिएको हो त्यसमा सफलता हासिल गर्न समेत शुुभकामना दिनुुभएको छ ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टिकासंगम वि.क , यामदत्त कँडेल, दुुर्भलराज भण्डारी, टिकाराम पुुन, खर्क बहादुुर पुुन, गिरीबहादुुर पुुन, विष्णुु थापा लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम साना किसान कृषि सहकारीका अध्यक्ष लक्ष्मण पुुनको अध्यक्षता, उपाध्यक्ष बलबहादुुर थापाको स्वागत र प्रमिला पुुन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here