प्यारीले कमरेडलाई दिएको पीडा

80

काठमाडाैं, २५ मंसिर  ।
पति छन्, विप्लव नेकपामा (भूमिगत) । पत्नी भन्छिन्, ‘सक्छस भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर । सक्दैनस भने म के गर्छु, कहाँ जान्छु सोधखोज गरेर नबस !’
विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जिम्मेवार युवाको पारिवारिक तनावबारे उजुरी पुगेको छ, खुमलटारमा ।
‘व्यक्तिगत मामिलामा अध्यक्षको तहबाट समाधान नखोजौं’ भन्ने जवाफ बोकेर प्रचण्डसँग कुरा गर्न पुगेका विप्लव नेकपाका नेता त फर्किए तर समस्या झन चर्किदो छ ।
गत वर्ष पेरिसडाँडामा सहकर्मी नारायण खनालको टाउको फुटाएपछि चर्चा आएकै घटनाको अर्को रुप हो । त्यसबेला पत्नीमाथि दुव्र्यवहार भयो भन्ने नाउमा उनैलाई साथ दिएका विप्लव नेकपाका युवा नेता यतिबेला पत्नीबाट असाध्यै पीडामा परे भनी प्रचण्डकहाँ कुरा पुर्याइएको छ ।
गुनासो गरिएकी महिला हुन्, अखिल नेतृ गंगा दहाल (सिन्धुली) । विप्लव नेकपाका उपत्यका व्युरो सदस्य अर्जुन राउतसँग ६ वर्ष पहिले विवाह भएपनि दुई वर्षदेखि उनीहरु सँगै छैनन् ।
एक वर्षदेखि अर्जुन भूमिगत छन् । उनले गंगालाई आफूसम्बद्ध पार्टीमै काम गर्न भनेका थिए । तर गंगाले ब्युरो सदस्यको माग गरिन्, जुन सम्भव छैन ।
यसपछि अर्जुनले सम्बन्धबिच्छेदको माग गरे । तर गंगाले मानिनन् । त्यही कुरामा सहजता खोज्दै उपत्यकामै रहेका एक नेता गत साता प्रचण्डलाई भेट्न पुगेका थिए ।

जनआस्था साप्ताहिकबाट समधमर ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here