वर्ड फ्लु नियन्त्रणका लागि बागलुङमा सतर्कता

76

रबिना बोहरा
बागलुङ, २६ कात्तिक ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले वर्ड फ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन थालेको छ । साबिकको धौलागिरि अञ्चलको प्रवेश द्धारको रुपमा रहेको पर्वत जिल्लाको मोदी गाउँपालिकाको पातिचौर र हुवास एवं बागलुङको खर्वाङ, निसि लगायतका क्षेत्रमा विशेष अनुगमन गर्ने जनाएको छ ।
जिल्लामा रहेका कुखुरा फर्महरुमा नियमित अनुगमन गरी स्याम्पल लिएर परिक्षण गर्ने एवं पशु सेवा विज्ञ केन्द्र बागलुङ र सम्पर्क इकाई पर्वतमा सम्पर्क गरी सरोकारवालाहरुलाई जानकारी गराउने बताइएको छ । मंगलबार वर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिको छलफलले गत बर्ष देखा परिसकेको र जाडो समयमा पनि यस रोगको प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले वडै फ्लुको संक्रमण देखिएमा पोल्ट्री फर्मका कुखुरासहित पशु पंक्षीजन्य उत्पादन नै नस्ट गर्नुपर्ने भएकाले पहिले नै ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सामान्यतया पशुपक्षीमा लाग्ने वर्ड फ्लुको भाइरल निकै अस्थिर खालको हुने गरेको विज्ञहरु बताउछन् ।
कुनै ठाउँमा बर्ड फ्लूको शङ्का लागेमा केन्द्रले प्रारम्भिक अनुसन्धान प्रतिवेदन सहित नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउँछ । नमुनाको प्रारम्भिक परीक्षणबाट बर्ड फ्लु भएको देखिएमा केन्द्रले थप परीक्षण गरी त्यसको जानकारी पशु सेवा विभाग र पशु स्वास्थ्य निर्देशनालयलाई गराउने गर्छ । त्यसपछि सरकारी टोलीले संकटग्रस्त क्षेत्रभित्रका घरपालुवा पक्षी, पक्षीजन्य पदार्थ एवं उत्पादन सामाग्रहरुलाई नष्ट गर्ने गरेको केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here