मैत्रीपूर्ण बिच भलिबलमा मान र दिलको जोडीले श्रीलंकालाई हराए

बागलुङ, २६ कार्तिक ।
श्रीलंकामा रहेको नेपाली पुरुष बिच भलिबल टिमले मंगलबार मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टिमका मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडिले श्रीलंकाको टिमलाई ३–१ को सेटमा हरायो ।

मान र दिलको जोडीले श्रीलंकाको टिमसँग पहिलो सेट १९–२१ ले पराजित भएपनि उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकाको टिमलाई दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–१३ ले पराजित गर्यो ।
मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुने सागको विशेष तयारी तथा मैत्रीपूर्ण खेलका लागि नेपाली बिच भलिबल टिम श्रीलंकामा रहेका छन् ।
पुरुष विच भलिबलमा नेपालका मान बहादुर श्रेष्ठ, दिल सुनार, सञ्जु विक्रम शाह र राजु विक रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here