बागलुङ, २३ कार्तिक ।
बागलुङ जिल्लामा क्रियाशील हाइकु लेख्ने साहित्यक सर्जकहरूको भेलाले नेपाल हाइकु अध्ययन केन्द्र (नेहा)जिल्ला तदर्थ समिति गठन गरेको छ ।
छोटो शब्दमा ब्यग्य प्रहार गर्ने जापानीज साहित्य यतिबेला नेपालमा समेत लोकप्रिय हुदै गएको बागलुङ जिल्लामा समेत हाइकु लेख्ने क्रम बढ्नु खुशीको कुरा भएको साहित्यक सर्जक धनप्रसाद पुनले बताउनुभयो ।
कार्यक्रममा धन प्रसाद पुन, ताराप्रसाद शर्मा स्टार, यादव पौडेल, गोविन्द प्रसाद आचार्य, कुमार श्रीस, बिष्णु बैरागी मगर, तनमति रोका लगायतका साहित्य सर्जकहरूले समसामयिक बिषयका हाइकु सुनाएका थिए ।
भेलाले राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा ९ सदस्य जिल्ला तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा लालबहादुर थापा ऋतुम्वरा, सचिवमा धनप्रसाद पुन, सहसचिवमा गोविन्द प्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णु बैरागी मगर र सदस्यहरूमा ताराप्रसाद शर्मा स्टार, राजेन्द्र ढकाल, कुमार श्रीस र तनमति रोका रहेका छन् ।
समितिको संरक्षकमा रामकुमार पाँडेलाई राख्ने निर्णय गरेको छ ।
राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य धनप्रसाद पुन र संचालन पत्रकार कोपिला कंडेलले गर्नुभएको थियो ।
नेहाले बागलुङ सदरमुकाममा प्रत्येक दुई महिनाको एक पटक साहित्यक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here