काठेखोला गाउँपालिका अध्यक्ष थापा तंग्राममा सम्मानित

बागलुङ, ४ कार्तिक
काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको सामाजिक उद्योगी महिला सहकारी संस्था लिमिटेडले पाँचौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारीको साधारणसभाको अवसरमा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सहकारीले तंग्रामका बासिन्दाहरुको आर्थिक वृद्धिको लागि प्रमुख भुमिका खेलेको बताउनुभयो ।
उहाँले सहकारीले शेयर सदस्यहरुले उत्पादन गरेका खसी, बोकाहरु बजारमा निर्यात गर्नको लागि सहयोग पु¥याएको भन्दै त्यसलाई सधै प्राथमिकता दिदै अगाडी बढ्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका गाउँ कार्यपालिका सदस्य टिका संगम वि.क., भीमापोखरा युवा क्लब बागलुङकी सामाजिक परिचालक रिता शर्मा, नेकपाका रन बहादुर थापा, नेपाली काँग्रेसका यमदत्त कंडेल, राष्ट्रिय जनमोर्चाका ससबहादुर वि.क., धारा माध्यमिक विद्यालयका प्रधानाध्यापक मित्रदत्त ढकाल, सुनगाभा बचत तथा ऋण सहकारीका अध्यक्ष गिर बहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सहकारीको साधारणसभाको अवसरमा काठेखोला गाउँपालिकाअध्यक्ष अमर बहादुर थापालाई सम्मानित गरिएको थियो । साथै सहकारीले तंग्रामका ७ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण समेत गरेको थियो ।
सहकारीले उत्कृष्ट बाल बचत कर्ता अब्रान वि.क. र टिका पुन, उत्कृष्ट ऋणकर्ता पवित्र थापालाई समेत सम्मान गरेको थियो ।
सहकारीकाले आर्थिक वर्ष २०७५/०७६ सम्म ४ करोड २८ लाख १ हजार २ सय ६४ रुपैयाँको कारोवार गरेको साधारणसभामा जानकारी गराइएको थियो ।
सहकारीकी का.वा. अध्यक्ष लिलादेवि पुनको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत सदस्य सिर्जना गुरुङ र संचालन सचिव डिलकुमारी पुनले गर्नुभएको थियो ।


पशु वस्तुको मुल्य श्रङ्गखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना र भीमापोखरा युवा क्लब (विवाईसी) बागलुङको सहयोगबाट संचालित छ । सहकारीले आफ्नो शेयर सदस्यहरुको आर्थिक अवस्था वृद्धिको लागि उनीहरुले उत्पादन गरेका बोका, खसीहरु बजार निर्यातको लागि किनेर बेच्ने गर्दै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here