
बागलुङ, १५ असोज ।
सहज बचत तथा ऋण सहकारी संस्था बागलुको अध्यक्षमा पुष्प गिरी निर्वाचित हुनुभएको छ । संस्थाको १२ औ साधारण शभाले गिरीको अध्यक्षतामा ११ संचालक समिति र ३ सदस्यीय लेखा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा यमदत्त कंंडेल सचिव हर्क नाईसा सहसचिव तेज बहादुर कुंंवर सन्तोष र कोषाध्यक्षमा देबी कुमारी शर्मा चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा अनुप रिजाल गंगा घर्ति सरिता गौतम खड्का ओम प्रकाश उपाध्याय गौतम नारायण सापकोटा र भुपेन्द्र्र के.सी निर्वाचित भएको निर्वाचन अधिकृत बिकाश पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी साधारण शभाले अमृता गौतम सुबेदीको संयोजकत्वमा हिरा बहादुर काउचां र चन्द्र बहादुर आले सदस्य रहेको ३ सदस्यीय लेखा समिति चयन गरेको निर्वाचन समितिले जनाएको छ । साधारण शभाको गत सनिबार राष्टिय सहकारी बैेकंंका संचालक राम बहादुर जिसीले उद्घाटन गर्नुभएको थियो ।










