चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तालिका बन्दै

काठमाडौं, ४ असोज ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् ।
उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
सीको सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ ।
अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ ।
राष्ट्रपति सीको तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागि भएर नेपाल आउने वा भारतबाट फर्कंदा नेपाल आउने भन्नेमा टुंगो लागेको छैन ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here