
चितवन, ३ भदौं ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थपअनुसन्धान गर्न अदालतले पुनः ५ दिनको म्याद थप गरिएको छ ।
मंगलबार चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो ।
बिहीबार पक्राउ परेका तीनैजना माथिको अनुसन्धान नसकिएका कारण थप १० दिन थुनामा राख्न अनुमति माग्दै चितवन प्रहरीले उनीहरुलाई जिल्ला अदालत पेस गरेको थियो ।
गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।
शालिकराम मृत्यु प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ गरेको थियो ।
अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।










