नेकपामा वरियता टुंगो लाग्यो : माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाल

काठमाडौं, १ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरियता विवाद टुंगो लागेको छ ।
नेकपाको आईतबार बसेको बैठकले तेस्रो वरियतामा झलनाथ खनाललाई चुनेको छभने माधवकुमार नेपाललाई चौथो नम्बरमा राखिएको छ । यस अगाडी माधवकुमार नेपाल तेस्रो र झलनाथ खेनाल चौथो नम्बरमा थिए ।
चौथो नम्बरमा रहेका झलनाथ खनालको बढुवा भएको छ । उनी अब अध्यक्षपछिको वरियतामा पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वरियता सम्बन्धि विवाद समाधान गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । निर्णयका विषयमा नेता नेपालले बैठकमा असन्तुष्टि जनाएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here