बागलुङ, २७ साउन ।
आज साउन महिनाको अन्तिम तथा चौथो सोमबार, बागलुङको कालिगण्डकी नदिदेखि गौरिधाम मन्दिरसम्म बोलबमयात्रा गरिएको छ ।

साउन महिना शिवभक्त हिन्दू धर्माबलम्बीका लागि विशेष महिना हो । साउनमा शिवको विशेष महिमाका साथ पूजा अर्चना गरिन्छ । अझ साउनको सोमबार झन् विशेष दिन हो । यही दिनमा शिवभक्तहरु बोलबम यात्रा गर्छन्, महिलाहरु ब्रत बसी शिवको पूजा गर्छन् ।
बोलबम काँवरिया संघ बागलुङको आयोजनामा भएको बोलबम (जल) यात्रामा बागलुङमा आएर व्यापार व्यवसाय गर्ने तराई क्षेत्रका र भारतीयहरुका साथैस्थानिय बागलुङबासीहरु सहभागि भएका थिए ।

बोलबमका लागि शिवभक्तहरु विहान ६ बजेदेखि कालिगण्डकी नदिबाट जल यात्रा गर्दै बागलुङ बजारको परिक्रमा गरी बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा रहेको गौरीधाम शिवमन्दिरमा शिवलाई जल चढाइ पुजा गरेका थिए ।
शब्द/तस्विरः अर्जुन कार्की

















