आख्यानकार भूपिनको मैदारोको बागलुङमा गृह लोकार्पण

71

बागलुङ, १३ बैशाख ।
कबि एबं आख्यानकार भूपिनको गृह जिल्ला बागलुङका उनको उपन्यास मैदारोको शुक्रबार गृह लोकार्पण गरिएको छ ।
धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको आयोजनामा शुक्रबार मैदारोको लोकार्पण गरिएको हो । मैदारोको आख्यानकार भूपिनकी आमा बसुन्धरा खड्का, प्राज्ञ प्रेम छोटा र धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।


दलित समुदाय माथि हुने सामाजिक बिभेद लाई समेटिएर मैदारो तयार पारिएको कृतिका लेखक एबं आख्यानकार कवी भूपिनले बताउनुभयो । दलित माथि हुनै सबैखाले बिभेद अन्त्यका लागि राज्यले नितीमा सुधार गरेपनि आम समुदायको मन मस्तिष्कमा बिभेद भने कायमै रहेको चर्चा गर्द आख्यानकार भूपिनले मैदारो लेखन दलित अगुवा सर्वजित विशवकर्माले आन्दोलनको शुरुआत गरेको ठाउं बागलुङ्गकै यथार्थता समेटिएको बताउनुभयो । उहांले साहित्य कला र संगित मार्फत सामाजिक बिभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बोल्ने सहभागिले समाजमा दलित वर्ग माथि गरिने बिभेद अन्त्यका लागि कवि भूपिनको मैदारो सबैले अध्यन गर्नुपर्ने बताए । सदियौ देखि उत्पिीडनमा पर्दै आएको दलित समुदायको पिडा र मर्मलाई कवि भुपिनले मर्मस्पर्सी ढङ्गले मैदारोमा उतारेको भन्दै सहभागिले साहित्य मार्फत सामाजिक बिभेद बिकृति र बिसंगतीको अन्त्य हुनुपर्नेमा जोड दिए । सो अवसरमा प्राज्ञ प्रेम छोटा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशन मैदारोका प्रकाशक भुपेन्द्र खड्का आख्यानकार गणेस पौडेल र पत्रकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


सोही अवसरमा धौलागिरी बहुमुखी क्याम्पसका सहायक
प्रमुख हरी प्रसाद पाण्डेले मैदारो उत्कृष्ट सामाजिक उपन्यास भएको बताउनु भयो । दलित समुदाय माथि हुने गरेको बिभेद र उत्पिडनलाई मैदारोले जस्ताको तस्तै उतारेको चर्चा गर्दै उहांले सामाजिक मुद्धामा आधारित सो कृति उत्कृष्ट रहेको दाबी गर्नुभयो ।
कार्यक्रम धौलागिरी कला तथा साहित्य मञ्चका कार्यवाहक अध्यक्ष सृजना कार्कीको अध्यक्षता सह–कोषाध्यक्ष मनिष गौतमको स्वागत मन्तब्य र सदस्य गोबिन्द सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here