दोहोरी ब्याटलमा गायक सपुतसँगै झुम्यो बागलुङ ! (फोटो फिचर)

बागलुङ, ९ बैशाख ।
लोकदोहोरी गायक प्रकाश सपुतको नाम लिने वित्तिकै युवा पुस्तामा दोहोरी ब्याटल सम्झना आइहाल्ने गर्छ । अहिले गायक तथा सर्जक प्रकाश सपुतलाई देश बाहिर र देशभित्र हुने हरेक मेला, महोत्सव देखि अन्य कार्यक्रममा भ्याइनभ्याइ हुने गरेको छ । अहिले महोत्सव गर्नेहरुले पनि गायक प्रकाश सपुतलाई उपस्थित गराउँदा धेरै दर्शक आउने आशा राख्ने गर्दछन् । उनै प्रकाश सपुतको गृह जिल्ला हो बागलुङ ।
गतवर्ष दोहारी व्याटलबाट अहिलेका युवा पुस्तालाई पनि दोहोरी गीतमा आर्कषण गर्न सफल भएका गायक सपुतले नेपालीहरुले बैदेशिक रोजगारीमा गएर ज्यान गुमाएको बारेमा ‘बोल माया’ गीत बजारमा ल्याएर धेरैको मनमा बस्न सफल भए । लोकदोहोरीमा दोहोरी ब्याटल गाएर विकृति ल्याएको भन्नेहरु बोल माया गीत आएपछि लोकदोहारीमा प्रकाशले प्रकाश छर्ने भन्दै प्रशंसा समेत गरे ।

अहिलेका चर्चित गायक सपुत शुक्रबार आफ्नै गृह जिल्ला बागलुङमा आफ्ना गीत मार्फत सवैलाई झुमाउन सफल भएका छन् । शुभराशी ल्याङ्ग्योज इन्श्चिच्युट बागलुङले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको शुभराशी मेलामा गायक सपुतले सवैलाई नचाएका हुन् ।

झिमझिम वर्षाका विच मञ्चमा उक्लेका गायक सपुतले आफ्नो प्रस्तुती दिँदा वर्षा समेत रोकिएको थियो । गायक सपुतले जब आफ्नो प्रस्तुती दिन लागे तब टाढा टाढा रहेका दर्शकहरुसमेत मञ्चको नजिकै आएर हौषला प्रदान गरेका थिए । बैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा हुँदा आफ्नो जन्म गाउँ र हावा पानी सम्झने गीत ‘यस्तै छ कहानी प्रदेशीको’ गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका गायक सपुतले ‘बोल माया’ गीत गाउँदा सवै दर्शकको आँखा रसाएको थियो । निकै भावुकताका साथ गीत प्रस्तुत गरेका सपुतले बोल माया गाउँदा आँखाबाट आशुनै झारेका थिए । कार्यक्रममा दोहारी व्याटल गीत प्रस्तुत गर्दा बालबच्चा र युवा पुस्ताहरु गयक सपुतसँगै गीत गाउँदै हौसला प्रदान गरेका थिए । दोहोरी व्याटलको लागि सपुतले दुईपट्टी (एक पट्टी छोरीहरु र अर्को पट्टी छोराहरु)लाई राखेर गीत गाउँदा कार्यक्रमको माहोल गर्माएको थियो । प्रकाशले गीत गाइरहँदा पञ्चेबाजा, मुखैमा चिनी, दोहोरी ब्याटल–२ गाउँनको लागि दर्शकबाट हुटिङ आइरहेको थियो । दोहोरी ब्याटल गाएपछि बालबच्चाहरुले मञ्चै गएर गायक सपुतलाई दोहोरी ब्याटल–२ गाउँन अनुरोध गरेको दृश्य हेर्न लायक रहेको थियो ।
गायक सपुतले उक्त कार्यक्रममा यस्तै छ कहाँनी परदेशीको, बोल माया, माकुर माकुर घुर, दोहोरी ब्याटल, दोहोरी ब्याटल–२ लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
तस्विरहरुः

तस्विरः सन्तोष क्षेत्री, संगम घर्ति, अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here