डा. सागरलाई बधाई

बागलुङ, २० चैत ।
धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिले निक साईमन स्वास्थ्य अवार्ड प्राप्त धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्टेन्ट डाक्टर सागर राजभण्डारीलाई बधाई ज्ञापन गरेको छ ।
अमेरिकी एक प्रतिष्ठान निक साईमन ईन्स्टिच्युटले हरेक वर्ष दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य से ागर्न स्वास्थ्यकर्मीलाई पुरस्कार प्रदान गर्ने आएको छ । डाक्टर राजभण्डारीले सन् २०१८ को स्वास्थ्य सम्बन्धि अवार्डबाट प्राप्त गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै डा. राजभण्डारीले स्वास्थ्य संवेदनशिल बिषय भएकाले हरेक समय सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । पुरस्कारले आफुलाई थप जिम्मेवार र जवाफदेही बनाएको बताउनुभयो । ।
बिगतको तुलनामा अहिले काम गर्ने शैली पनि परिवर्तन भएको भन्दै अझै कडा मेहनत गर्नुपर्ने बताउनुभएको थियो । जिल्ला अस्पताल हुदैँ बनेको अञ्चल अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ डाक्टर आएकाले अब संरचना र आवश्यक उपकरणहरुको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा.तरुण पौडेलले पहिले भन्दा अहिले धेरै परिवर्तन आएकाले अब स्वास्थ्यकर्मीलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
पञ्चायति व्यवस्था, राजतन्त्र, कर्मचारीतन्त्र हुदैँ गणतन्त्र आएकाले नागरिकको माग अनुसार सेवा दिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा अस्पताल विकास समितिका सदस्य सालिकराम शर्मा, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शैलेन्द्र विक पोखे्रल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरको अध्यक्षता र जनस्वास्थ्य निरिक्षिक रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here