अनेरास्ववियु बागलुङले बाढी पीडितका लागि पहिलो दिनमै करिब ८३ हजार संकलन

खवर वे सम्वाददाता
बागलुङ, ३२ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बागलुङले पहिरो प्रभाबितहरुका लागी राहत संकलन अभियान सुरु गरेको छ ।
अविरल बर्षासंगै आएको बाढीर पहिरोले देशका बिभिन्न स्थानमा जनधनको क्षती भएपछि पिडितहरुको राहतका लागि केन्द्रिय कार्यक्रम अन्तरगत बागलुङमा राहत संकलन अभियान शुरु गरिएको हो ।
सदरमुकाम बागलुङ बजारमा नगद तथा जिन्सी संकलन अभियान सुरु गरिएको युनियनका जिल्ला सचिव शिव शर्माले जानकारी दिनुभयो ।
जिल्ला समितिका अध्यक्ष शेखर खड्काको नेतृत्वमा जिल्ला समितिका पदाधिकारी र सदस्यहरुको सक्रियतामा राहत संकलन भएको सचिव शर्माले बताउनुभयो ।
केन्द्रिय कार्यक्रम अन्तरगत बागलुङ जिल्ला समितिलाई सप्तरीका बाढी पिडितका लागि राहत संकलन गर्ने जिम्मेवारी बमोजिम पहिलो दिन मंगलवार ८२ हजार ८ सय ३० नगद र करिव १० हजार बरावरको जिन्सी सामाग्री संकलन भएको अनेरास्ववियु बागलुङका कोाषाध्यक्ष रविना विकले जानकारी दिनुभयो ।
यस अघिपनि बागलुङ जिल्ला तथा बाहिरी जिल्लाका बाढी पहिरोवाट प्रभावितहरुका लागि बिभिन्न संघसंस्थाले राहत संकलन गरेका थिए ।