
विमल खड्का
बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिरो जाँदा ४२ किलोवाटको भिमघाट प्रथम लघु जलबिधुतको पावर हाउस बगाएको छ ।
बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचौरबाट बगेको पहिरोले भिङखोला थुनिदा पावर हाउस बगाएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
आज (आईतबार) दिउसो १ बजेको समयमा ठुलाचौर खेतबाट गएको पहिरो खोलामा थुनिदा पावरहाउस सँगै खेती योग्य जमिन नष्ट गरेको छ । पावर हाउस बगाए पछि करिब ६ सय घर धुरी अन्धकारमा बस्ने भएका छन्भने उद्योग कलकारखाना समते ठप्प भएका छन । पावर हाउस खोलाले बगाएपछि सबै संरचना नयाँ बनाउन करिब १ करोड लागत लाग्ने बताएको छ ।
खोलाले सबै भन्दा महगा बिधुत उत्पादन गर्न टरवाई मिटरबोड लगाएत सबै खोलाले बगाएको बताएको छ । बिधुत निर्माण गर्ने करिब १ बर्ष लाग्ने बताएको छ यसको बैकल्पिक उपाए खोज्न उपभोक्ताले अपिल गरेका छन ।









