
बागलुङ, २६ साउन
निर्वाचन कार्यालय गलकोटमा फोटोसहितको मतदाता नामावली संकलनमा समस्या भएको छ । साउन १६ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा जनशक्ति अभाव हुनका साथै पुरानै उपकरणबाट काम गर्नु पर्ने भएको हुँदा समस्या भएको हो ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका जिल्ला निर्वाचन अधिकारी बिकास चन्द्र शर्माका अनुसार नगर भरीका छुटेका मतदाताहरुले एकै ठाउँमा मात्र नामवली दर्ता गराउने काम भएको हुँदा मतदाता नामवली संकलनमा समस्या भएको छ । उहाँका अनुसार– जिल्ला भरिका सम्पुर्ण ठाउमा ‘पुरानै ल्यापटपले काम गर्नु परेको हुँदा नामावली दर्ता गराउन आएको सबै मतदाताहरुको नाम दर्ता गर्न तथा फोटो खिाचाउन समेत समस्या भएको छ । उहाँले तत्कालै कर्मचारी थप गर्न सकिने अवस्था नभएको बताउनुभयो ।
गलकोट नगरपालिकामा १ जना कर्मचारी मात्र हुदाँ फोटोसहितको मतदाता नामावली संकलनमा समस्या भएको निर्वाचन कार्यालय गलकोटले जनाएको छ । दैनिक करिब २, ३ सय मानिसहरु मतदाता नामवली संकलनमा लागी आउने गरे पनि दिनभरमा करिब १ सय भन्दा बढिको काम गर्न नसकिएको बताईएको छ ।
स्थानीय तहको निर्वाचनमा छुटेका मतदाताको साउन १६ गतेदेखि नै मतदाता नामावली अध्यावधी गराउने काम भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार नेपाली नागरीकता प्राप्त गरेको सबै नागरीकले फोटोसहितको मतदाता नामावलीका नाम दर्ता गराउनु पाउनका साथै फोटो खिचाउन पाउने भएका छन् ।
१८ वर्ष पुगेपछि मताधिकार प्रयोग गर्न पाउने भएको हुँदा निर्वाचन आयोग र सरकारले निर्वाचनको मिति घोषणा गर्दा समयवधी निर्धारण गर्ने गर्दछ ।









