दरवाङ-विम सडक अवरुद्ध

म्याग्दी, २६ साउन
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । गएराती खोलामा एक्कासी पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन, खेलकुद मैदानका साथै आसपासका क्षेत्रमा कटान गरेको मालिका गाउँपालिकाका प्रमु्ख श्रीप्रसाद रोकाले बताउनुभयो ।
‘कटानले क्षती पुगेको छ, तत्काल यसलाई रोकथाम नगरे बजार नै जोखिममा पर्नेछ’ रोकाले भन्नुभयो । उहाँले नदी कटानका कारण खेलकुद मैदान नजिक रहेको चौतारा नजिक पुगेको छ । कटानले पुर्याएको क्षतीको गाउँपालिाकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्ष सहितको टोलीले अनुमगम समेत गरेको छ ।
म्याग्दी खोलाको कटानको जोखिममा रहेको दरवाङमा विगतमा समेत तथबन्ध गरिएपनि प्रयाप्त बजेटको अभावका कारण आवश्यकता अनु्सारको तथबन्ध हुन सकेको थिए ।


बुधबार राती ९ बजे एक्कासी खोलाका पानीको बाहव बढेपछि दरवाङ कटानको चपेटामा परेको हो । स्थानीयबासीका अनुसार कटान रोकिएको छैन् । बर्षासंगै खोलामा पानीको बाहव बढे थप क्षती हुनसक्ने भन्दै तथबन्ध लगाएतका पूर्वाधारको पहल गर्न स्थानीयले माग गरेका छन् । दरवाङ र देविस्थानको फेदी आसपासका क्षेत्रमा साँधुरो भएकाले पनि पानीको बाहव बढ्दा क्षती हुने गरेको छ । यसैविच गएराती बढेको पानीको बाहवले भौतिक क्षती पुर्याएपनि कुनै मानवीय क्षती भएको छैन् ।
यसैविच दरवाङ–विम सडक समेत पहिरोले अवरुद्ध भएको छ । दरवाङ नजिक सडकको माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक माथिबाट नयाँ पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध गरेपछि सवारीसाधन तथा पैदलमार्ग समेत अवरुद्ध भएको छ । म्याग्दी खोलाको माथिल्लो क्षेत्रमा भइरहेको बर्षाका कारण खोला आसपासका क्षेत्रमा पहिरो गएपनि तत्काल जोखिम नभएको प्रहरीले जनाएको छ ।