तपाईको मोबाईलको व्याट्रि चाडो सकिन्छ ? यी ९ टिप्स प्रयोग गर्नुहोस्

एन्ड्रोइड मोबाइलमा ब्याट्री नटिक्ने कारण धेरैलाई समस्या हुन्छ । ब्याट्री लामोसमयसम्म नटिक्दा मोबाइल अफ हुने समेत हुन्छन् । मोबाइल फोनमा डिजायन,क्यामरा र प्रोसेसिङ पावर रहेका हुन्छन् ।
ब्याट्री पावर बढाउने केही टिप्स यस्तो छ:
स्मार्टफोनमा वाइब्रेशन अफ गर्ने
स्मार्टफोनमा किर्बोड टाइपिङ गर्दा वाइब्रेशन अन गर्दा पनि ब्याट्री धेरै जाने गर्छ । मोबाइलमा आउने नोटिफिकेशनमा वाइब्रेशन राख्दा पनि ब्याट्री धेरै जान्छ । मोबाइल फोन आउँदा रिंग बज्नुको सत्ता वाइब्रेशन आउँदा यसले बढी ब्याट्री जान्छ । यसको लागि सेटिङ्मा गएर साउण्ड र वाइब्रेशनमा गएर मिलाउनु पर्छ ।
गुगल हाटवर्ड डिटेक्श बन्द गर्ने
गुगलको हाटवर्ड डिटेक्शनको बन्द गर्दा ब्याट्रीको लाइफ बढ्ने गर्छ । डिटेक्शन अन हुँदा छिनछिनमा सर्च नोटिफिकेशन आउने गर्छ । यसको लागि एकाउण्टमा गएर Google मा जानुपर्छ । यसमा Search & Now गएर मिलाउन सकिन्छ ।
कालो र अध्यारो वालपेपर सेट गर्ने
स्मार्टफोनमा एनिमेटेड डिस्प्ले छ भने यसले धेरै ब्याट्री जान्छ । यसको लागि अध्यारो र कालो वालपेपर सेट गर्दा कम ब्याट्री जान्छ । जति अध्यारो हुन्छ त्यति ब्याट्री टिक्छन् ।
लोकेशन देखाउने एप्स हटाउने
स्मार्टफोनमा लोकेशन डिटेक्ट गर्ने एप्सका कारण पनि ब्याट्री धेरै जाने गर्छ । यदि लोकेशन डिटेक्ट एप्सको जरुरी छैन् भने यस एप्सको हटाउनु पर्छ ।
मोबाइल अपडेट गर्नु
मोबाइल अपडेट गर्नु धेरै बेर लाग्न सक्छ तर अपडेट गर्दा ब्याट्री ब्याकअप बढाउँछ । मोबाइल कम्पनीले एप्सको अपडेटसँगै ब्याट्री र मेमोरी अप्टिमाइजेशनलाई सुधार्न अपडेट गर्न खोज्छ ।
एयरप्लेन मोड अन गर्नु
सँधै एयरप्लेन मोडमा राख्न त सकिन्न यदि मोबाइलमा ब्याट्री धेरै नै कम छ भने एयरप्लेन मोड अन गरेर ब्याट्री बचाउन सकिन्छ ।
अन स्क्रिन विजट्स हटाउनु
इन्टरनेट चलाएको बेला अन स्क्रिन विजट्सका कारण मोबाइल फोन लगातार अपडेट गर्न खोज्छ र ब्याट्री धेरै जान्छ । त्यसैले मोबाइल स्क्रिनलाई खाली राख्नुपर्छ ।
अटो सिंक अफ गर्नु
मोबाइलमा जिमेल, ट्वीटर, क्यालेन्डर चलाईरहँदा रिफ्रेश गर्दै गर्नुपर्छ र यसले पछिल्लो अपडेट देखाउँछ । यदि तुरुन्त जानकारी नचाहिएमा ब्याट्री बचाउन अटोसिंक अफ गर्नु पर्छ ।
डोज मोड
यो मोबाइल फोन आफसेआफ बन्द हुने तरिका हो । यदि धेरै समयसम्म मोबाइलको प्रयोग गर्नुछैन् भने डोजमोडमा राख्यो भने आफसेआफ हाइब्रेशन मोडमा जान्छ र ब्याट्री बचाउँछ ।

सोमवार ८ कात्तिक २०७३ मा प्रकाशित