बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु

बागलुङ, ५ मङ्सिर । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टका अनुसार ३ बजेर ३० मिनेटदेखि मतगणना सुरु भएको हो ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जिल्ला सदरमुकाममा रहेको जिल्ला समन्वय समितिको भवनको सभाहलमा भइरहेको छ । मतगणना स्थलको सुरक्षाको लागि तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी, नेकपा एमालेका डा. सुर्यप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलको मुख्य प्रतिस्पर्धा रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ १ मा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य (क) तर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा र नेकपा एमालेका हिरा बहादुर केसी विच मुख्य प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (क)मा पाँच जनाको उम्मेदवारी परेको छ । जसमध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै प्रदेशसभा सदस्य (ख) तर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका डिल्लीराम सुवेदी र नेकपा एमालेका नवराज पौडेल विच प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (ख) मा चार जनाको उम्मेदवारी परेको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा अस्थायी मतदाता सहित ९७ हजार ४ सय ५८ मतदाता मध्य ५१ हजार ६ सय ६६ (५३.१ प्रतिशत) जनाले मतदान गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here