बागलुङ सहकारीमा पुनः राजभण्डारी

बागलुङ, २५ भदौ
बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ साधारण सभाले अध्यक्षमा पुनः अशोकगोविन्द राजभण्डारीलाई सर्वसम्वत चयन गरेको छ । शनिवार बागलुङमा सम्पन्न साधारणसभाले राजभण्डारीको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति सर्वसम्वत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, सचिवमा योगनाथ शर्मा कडेल, कोषाध्यक्षमा राजेन्द्र शाक्य र सह–सचिवमा उषा पौडेल चयन हुनु भएको छ ।  सदस्यमा अर्जुन घिमिरे, रघुनाथ राजभण्डारी, मोहनबहादुर महत, धर्मराज शर्मा, हरिवावु सापकोटा, निर्मला जिसी पन्त, अर्जुन श्रेष्ठ र भोजराज रेग्मी चयन हुनु भएको छ ।
लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा युक्तजङ्ग राजभण्डारी, सदस्यमा दर्शन श्रेष्ठ र राजन श्रेष्ठ रहनु भएको छ । ५ सय ५३ जना शेयर, ४ करोड ३३ लाख ३३ हजार ४ सय शेयर रकम रहेको संस्थाले आर्थिक बर्ष २०७२/०७३ मा २ अर्व १२ करोड, ५३ लाख २८ हजार ५ सय ८४ रुपैया कारोवार गरेको संस्थाका सचिव योगनाथ कडेलले जानकारी दिनुभयो ।  कार्यक्रममा संस्थाको संरक्षित पुँजी कोषवाट ८० जना नियमिति कारोवार गर्ने र १२ जना असल कारोवार गर्नेलाई सम्मान गरिएको थियो ।साधारणसभाको उद्घाटन डिभिजन सहकारी कार्यालयका प्रमुख बिष्णुप्रसाद शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, पद्यमचन्द राजभण्डारी, जिल्ला स्वास्थय सहकारी संघका अध्यक्ष सिता शर्मा, संस्थाका सल्लाहकार नविन खड्का, पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेश राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, एकता सहकारीका अध्यक्ष धुर्व शर्मा, शंखधर बहुमुखी सहकारीका अध्यक्ष रतनप्रसाद मलेपति, सिवाइसी साकोसका उपाध्यक्ष गितादेवि रेग्मी, शेयर सदस्यको तर्फवाट महेशचन्द्र प्रधान र माया खड्काले मंतव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष अशोकगोविन्द राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर कार्कीको स्वागत र सचिव योगनाथ कडेलको संचालनमा सम्पन्न भएको थियो ।