बागलुङ,११ भदौ
सहकारीका आधारभूत मूल्य, मान्यता, सिद्धान्त तथा व्यस्थापनबारे जानकारी दिने उद्देश्यले शनिबार बागलुङको धम्जामा एक दिने सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।
सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न तालिमको सहजिकरण संस्थाका अध्यक्ष गिरबहादुर पुन र टिका संगम विकले सहजिकरण गर्नुभएको थियो ।
सो अवसरमा प्रसिद्धकुमार पुन र दिपक थापाले सहकारीको आवश्यकता र आर्थिक विकासमा खेल्न सक्ने भूमिका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम जेष्ठ सेयर सदस्य रेशमबहादुर भण्डारीको अध्यक्षता, सेयर सदस्य लेखनाथ विकको स्वागत, रुपा आलेको संचालन र पुनम पुनको धन्यवाद मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।