ढोरपाटन दैनिक १४औँ वर्षमा प्रवेश सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता आजको आवश्यकताः डा. विष्ट

बागलुङ, १ भदौ
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र बिष्टले सामाजिक, राजनितिक र आर्थिक परिवर्तनलाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
बागलुङबाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकाको १३ औँ बार्षिकोत्सवको उद्घाटन गर्दै बिष्टले लोकतन्त्र, गणतन्त्र, संघियता र समावेशितालाई संस्थागत गरे मुलुक आर्थिक समृद्धिको दिशा तर्फ उन्मुख हुने बिष्टको भनाइ रहेको छ । बिष्टले सामाजिक न्याय, आवाज विहिनको आवाजको पक्षमा सञ्चार क्षेत्रले आन्दोलन गर्नुपर्ने भन्दै समाज अनुसारको पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुर्वशिक्षा मन्त्री तथा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेपालमा परम्परागत संसदिय प्रणालीका कारणले सरकार परिवर्तन हुने भएकाले कसैको दोष नभएको धारणा राख्नुभयो । साथै संविधानले व्यवस्था गरे अनुसार नेपालको राजनिति चलेको उहाको भनाई छ ।
बार्षिकोत्सवमा पुर्व शिक्षा मन्त्री शर्मालाई साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । यस्तै टिका–विद्या पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका बागलुङ संवाददाता राजेशचन्द्र राजभण्डारी र नागरिक दैनिकका संवाददाता भाषा शर्मालाई शैक्षिक, राजनितिक तथा सामाजिक क्षेत्रका गतिबिधिहरुलाई समाचारको माध्यमबाट टेलिभिजन तथा पत्रपत्रिकामा प्रकाशन, प्रशारण गरी योगदान पु¥याएको भन्दै नगद १० हजार १ सय ११ रुपैँयाका दरले सम्मान गरिएको थियो ।
यस्तै स्तम्भकार भरत बागलुङे, युवा ज्योतिष सुर्य पौडेल र पत्रकार बालकृष्ण सुवेदी, विज्ञापनदाता जुपिटर एजुकेशन कन्सल्टेन्सिलाई पनि नगदसहित सम्मान गरिएको थियो । सो अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठकको ढोरपाटनका पत्र नामक पुस्तक बिमोचन गरिएको थियो । उक्त पुस्तकको बिषयमा अधिवक्ता राम शर्माले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग सचिव बिष्णु रिजाल, राससका कार्यकारी सम्पादक एकराज पाठक, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, साहित्यकार प्राज्ञ प्रेम छोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम युनिक सहकारी संस्थाका अध्यक्ष कृष्णमैया अधिकारीको अध्यक्षता र ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको स्वागत र पत्रकार महासंघ बागलुङका सचिव दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो ।