जिल्ला अदालत बागलुङद्धारा लक्ष्य भन्दा ७६ बढी मुद्धा मुद्धा फछ्यौट

बागलुङ, २९ साउन
जिल्ला अदालत बागलुङले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्धा फछ्यौट गरेको छ । अदालतले चालु आर्थिक बर्षको साउन सम्म ५ सय ५२ वटा मुद्धा फछ्र्यौट भएका छन ।
चालु आर्थिक बर्षका लागि ४ सय ७६ मुद्दा फछ्र्यौट गर्ने लक्ष राखिएपनि त्यस भन्दा ७६ मुद्धा बढि फछयौट भएका छन् ।नेपाल सरकारले कानून क्षेत्रमा ल्याएको पञ्चवर्षिय योजना अनुसार पुराना कुनै पनि मुद्दा बाँकी नराख्ने अभियान थालेको जिल्ला न्यायाधिश हिमलाल बेलबासेले बताउनुभयो ।
कुल मुद्धाको ७९ दशमल ५३ र लक्ष्यको १ सय १५ दशमल ९६ प्रतिशत फैसला भएको अदालले जनाएको छ । २०७२/७३ को कार्य प्रगति एवं २०७३/७४ को कार्य योजना जानकारी गराएको जिल्ला न्यायाधिस बेलबासेले बताउनुभयो । २०७२/७३ बाट १ सय ४२ मुद्धा सरेको र यस आर्थिक बर्षमा ४ सय ८० मुद्धा फछ्यौट गर्ने लक्ष्य लिएको छ । सबै भन्दा बढि सार्वजनिक अपराध, सम्बन्ध बिच्छेद, लेनदेन, अशं नाता कायम जवरजस्ती करणी, कर्तव्य ज्यान लगाएका मुद्धा अदालतबाट फछ्र्यौट भएका छन ।
यस बर्ष अदालतमा ७३ वटा मुद्धा मेलमिलापका लागि आएको र ती मध्ये २० वटा मिलापत्र भैसकेको , ८ वटा मिलापत्रको प्रकृयामा जारी रहेको र केही शुरु हुन जिल्ला अदालतका श्रेस्तेदार रमबहादुर थापाले बताउनुभयो । बिपन्न र पिडित पक्ष भएको मुद्धामा फौजदारी भएपनि फास्ट ट्रयाकबाट मुद्धा छिन्ने प्रक्रिया गत बर्ष देखि थालिएको अदालतले जनाएको छ ।