युवाहरुको नेतृत्वमा वृक्षारोपण

पर्वत, १७ साउन/ पर्वतको धाईरीङ ४ सल्यानमा युवाहरुको नेतृत्वमा सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । सल्यान युवा कल्वको सक्रियतामा धाईरीङको ३, ४, ५ नम्बर वडामा पर्ने तिन वटा सामुदायीक वन क्षेत्रको नांगो पाखामा छ हजार बिरुवा रोपीएको हो ।
DSC01536वन विस्तार, जैविक बिबिधता, वातावरण संरक्षण, घाँसदाउरा र काठको सहज आपूर्ती, जलवायु परिवर्तनको असर न्युनीकरण, भुक्षय र पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाको सहभागितामा वृक्षारोपण गरिएको कल्वका सचिव सरोज आचार्यले जानकारी दिनुभयो ।
सल्लेरी, चिउरीखर्क–ठूलोभिर र वनपाखो सामुदायीक वन क्षेत्रमा बिरुवा रोप्न धाईरीङका दुई सय जनाले श्रमदान गरेका छन् । वृक्षारोपणका लागि ईलाका वन कार्यालय फर्सेले घाँस र काठजन्य प्रजातीका छ हजार बिरुवा निशूल्क उपलब्ध गराएको थियो ।