आफ्नो रुप निखारनका लागि हामी के के मात्र गर्दैनौ । हामी विभिन्न किसिमको क्रिमहरु प्रयोग गर्छौ । तर, त्यसले फेसमा हानी गर्न पनि सक्छ । कसैलाई कुनै क्रिम नफापेर एलर्जी पनि हुन्छ । आज हामी यस्ता समस्याहरुबाट छुटकारा पाउन अपनाउन सकीने घेरेलू उपायहरुका बारेमा चर्चा गर्दैछौँ ।
१. फाईन लाइन फेसमा आउने फाइन लाइन प्राय जस्तो आखाँ, मुख र निधारमा आउँछ । यसले फेसको सुन्दरता घटाउँछ । यो हटाउन अंगूरलाई म्यास गरेर रस निकाल्ने र त्यो रस कटनले आखाँ, मुख र निधारमा लगाउन सक्छौ । त्यसको ५ मिनेट पछि मुख धुने । राम्रो परिमाणको लागि हप्तामा २ ३ पटक यो उपाय अपनाउन सकिन्छ ।
२. आखाँको पफिनेस आखाँ तलको सूजनको कारण बढ्दो उमेर हुन सक्छ । यो समस्या जे कारण भएपनि यसको सामाधान चाहिं गर्न सकिन्छ । यो समस्याबाट बच्न हामीले अण्डाको सेतो भागलाई फेटेर ब्रशले फेसमा लगाउन सक्छौ । यो मिश्रण लगाएको १५ मिनेट पछि मुख धुनुपर्छ ।
३. रिंकलको निदान बढ्दो उमेरको कारण रिंकल आउन थाल्छ । हाम्रो व्यस्तताका कारण यो समस्या समय भन्दा पहिला पनि हुन्छ । यो समस्याबाट बच्नका लागि दूधको प्रयोग गर्न सकिन्छ । यसको लागि ५ वटा बदाम एक कप दूधमा भिजाएर राख्ने, बदामलाई पिसेर त्यसको पेस्ट बनाउने र दूधमा त्यो पेस्टसँग एक चम्चा मह हाल्ने । त्यो पेस्ट अनुहारमा लगाउने र २० मिनेट पछि मुख धुने । राम्रो परिमाणको लागि हप्तामा २ ३ पटक यो उपाय अपनाउन सकिन्छ ।
४. दाँतको सरसफाई मुस्कानले मान्छेको अनुहारलाई छुट्टै राम्रो बनाउँछ । यदि हाम्रो दाँत सफा भएन भने मुस्कान असरमय हुँदैन । यसको आर्कषण बढाउन स्टबेरी र सोडाको पेस्ट बनाएर दाँतमा लगाउने । यसो गर्नाले दाँत चम्किलो हुन्छ । यो पेस्टलाई ५ मिनेटसम्म दाँतमा राख्ने । त्यसपछि ब्रश गर्ने र कुल्ला गर्ने ।
५. डार्क सर्कल तनाब, अपूरो निन्द«ा र अन्य कारणले हाम्रो आखाँको तल डार्क सर्कल आउनसक्छ । यसले हाम्रो अनुहारको चम्किलो पन कम गरिदिन्छ । तर यो समस्या प्राकृतिक उपायले हटाउन सकिन्छ । यसको लागि पुदिनाको पात र टहनीको मिश्रण गरेर डार्क सर्कलको वरीपरी लगाउने । लगाएको २० मिनेट पछि मुख धुने । यो मिश्रण केहि दिन सम्म प्रयोग गरेमा डार्क सर्कल कम हुन्छ ।
६. खिलको समस्या हर्माेनको गडबडी, पेटको खराबी र छालाको सरसफाइमा ध्यान नदिंदा अनुहारमा खिल आउनसक्छ । यो समस्याका कारण टिनएजर र महिलाहरु तनावमा छन् । यो समस्याबाट बच्नका लागि १/३ कप चियामा १/३ कप सेब साइडर सिरका लगाउन सक्छौं । यो मिश्रणलाई ३० मिनेटसम्म अनुहारमा लगाउने र मुख धुने ।
एजेन्सीको सहयोगमा ।