फोहोर व्यवस्थापनको लागि बाल्टी वितरण

बागलुङ, १५ साउन/ बागलुङ नगरपालिका कार्यालय बागलुङको सहयोग तथा धौलागिरी फोहोर मैला व्यवस्थापन तथा वातावरण सहकारी संस्था लिमिटेड बागलुङको संयोजनमा बागलुङ नगरपालिका १ रामरेखाको गंगापथ टोललाई आईतबार फोहोर व्यवस्थापनको लागि वाल्टी वितरण गरिएको हो ।
बाल्टी बितरण कार्यक्रममा बोल्दै धौलागिरी फोहोर मैला व्यवस्थापन तथा वातावरण सहकारीका कोषाध्यक्ष कमल थापाले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने फोहोरलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्ने हुनाले बाल्टी बितरण गरिएको बताउनुभयो ।

13882628_1096903913713280_5976136741020727511_nउनले यो कार्यक्रम अन्तरगत नगरपालिकाका सवै ठाउँमा बाल्टी बितरण गरिने जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रत्येक घरलाई एउटा कुहिने र अर्को नकुहिने प्रकृतिको फोहोर मैलालाई छुट्टाछुट्टै विर्सजन गर्नको लागि दुई प्रकारको बाल्टी वितरण गरिएको थियो ।
कार्यक्रममा टोल व्यवस्थापनका कोषध्यक्ष लालबहादुर केसी, डम्बर बि.क, राम प्रसाद उपाध्याय लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । टोल विकास संस्थाका अध्यक्ष भर्मदत्त सापकोटाको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत गंगा शर्मा र संचालन नगरपालिका कार्यालय बागलुङको सामाजिक परिचालीका लक्ष्मी बोहराले गर्नुभएको थियो ।