महावीर पुनले भने : ‘मेरो नाममा रहेको जग्गा आविष्कार केन्द्रलाई दान’

बागलुङ, १६ साउन/ राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा जुटेका सामाजिक अभियान्ता महावीर पुनले आफ्नो नाममा रहेको जग्गालाई केन्द्रको नाममा दान गर्ने घोषणा गरेका छन् । पटक–पटकका सरकारले आवश्वासन दिएपनि सहयोग नगरेपछि जनताबाट चन्दा संकलन गरी केन्द्र बनाउने अभियानमा जुटेका अभियान्ता पुनले केन्द्र स्थापनाका लागि आफ्नो जग्गालाई समेत दान गर्ने पटकपटक बताउँदै आइरहेको समेत बताए ।
mahabir‘सरकारका मन्त्रीले नै जग्गा बेच्नुपदैंन् । आवश्यक परेमा प्रयोग गर्न सक्नुहुन्छ भनेका थिए’ उनले भने । सरकार परिवर्तन भएपनि आश्वासन एउटै आए तर सहयोगको कुनै अवस्था नदेखिएपछि नेपाली जनताकै मेहनत र परिश्रमबाट केन्द्रको स्थापना गर्ने योजना अनुसार आफ्नो कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणालाई पुनः दोहोराउन चाहन्छु’ पुनले भने । पुनले ३ करोड जनताको भविस्यका लागि ५० करोड संकलन गर्ने अभियानमा अहिलेको बजार मुल्य अनुसार पर्ने करिव ३ करोड जग्गा समेत प्रयोग हुने बताए । उनले पैसाले आवश्यक परेको खण्डमा जग्गा विक्री गर्ने वा यहाँ भौतिक संरचना बनाउने योजना रहेको समेत बताए ।
सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कार बिजेता समेत रहेका पुनले पटकपटकका सरकारले आश्वासन दिएकै कारण आविष्कार केन्द्रको अभियानमा ढिलाई भएको बतउँदै जनताको सहयोगबाटै केन्द्रको स्थापना गरेर देखाउने बताए । उनले हरेक दिन आइरहेको सहयोगबाट अभियान जनताकै सहयोगबाट सम्भव छ भन्ने आत्मविश्वास समेत बढेको बताएका थिए । अहिलेसम्म करिव ५० लाख संकलन भइसकेको बताए । केन्द्र विज्ञान, प्रविधिसंग मात्रै केन्द्रित नभई कृषि, पर्यटन, जलविद्युत सहित नेपालमा उत्पादन हुने सबै उत्पादनमा केन्द्रित हुने छ । अभियानमा साथ दिन समेत स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अनुरोध गरेका छन् ।

मेरो नाममा भएको जग्गा राष्ट्रिय आविष्कार केन्द्र लाई दान गर्ने घोषणा:
यो घोषणा नयाँ होइन । यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यू सहित उहाँहरुको अर्थ सचिबहरु, सहसचिबहरु अनी दुई प्रधान मन्त्रीहरु र उहाँहरुका सल्लाहकार हरुलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको कुरा हो । मैले उहाँहरु सबै लाई यदि “सरकारले राष्ट्रिय अविष्कार केन्द्र लाइ सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब रु. ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु” भनेर भने कै हो । यसो भन्दा उहाँहरुले “जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ” भनेको हो ।
13912436_10154237514790479_2534274649532648494_nत्यो २८ रोपनी जग्गाको बारेमा थोरै कुरा प्रष्ट पार्न चाहन्छु । त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल Maryland USA मा बस्ने बन्बरे, पर्बतको पदम पुन भाई र मैले २० बर्ष अगाडी किनेको हो । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायहरु लाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं । त्यति बेला त्यो जग्गा पदम भाईको नाममा किनेको थियौं । तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केहि महिना अगाढी सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ । सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य रु. ३ करोड पर्छ । सो जग्गाको लालपुर्जी यहाँ संलग्न गरेको छु । मेरो नाममा यो भन्दा अर्को कुनै भौतिक सम्पत्ति छैन ।
अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गै सकेको अवस्थामा र मैले नेपालको बिकासको लागी अब मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छू भनि रहेको अबस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु । पैसाको अति नै आबश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानको लागी केहि भौतिक संरचना बनाइनेछ ।
तपाईंहरु संग पनि त्यस्तो दान गर्न मिल्ने कुनै जग्गा छ भने दान गर्न सक्नु हुनेछ । जग्गा दान पनि अहिले सुरु गरिएको महादान अभियान कै अंग हुनेछ । तपाईहरुले पनि विचार गर्नु होस् र http://www.nicnepal.org मा गएर हेर्नु होस् । कुरा नबुझेमा सम्पर्क गर्नु होस् । Mobile नम्बर 9841592361 ।