महंगी, भ्रष्टचार र संघीयता विरुद्ध राजमोको विरोध प्रदर्शन

बागलुङ, १४ असार । राष्ट्रिय जनमोर्चा बागलुङले महंगी, भ्रष्टचार र संघीयता बिरुद्ध जिल्लाको बिभिन्न स्थानमा बिरोधसभा गरेको छ ।

गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौ, संघीयताको खारेजी गरौ भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चाको देशव्यापी कार्यक्रम अनुसार बागलुङ बजार, बुर्तिवाङ बजार र गल्कोटमा बिरोध सभा गरिएको हो । बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले संघियताका कारण देशनै धरापमा परेको र आर्थिक अवस्था कमजोर हुदै गएकाले यसको खारेजी नै उत्तम बिकल्प रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाले देशमा संघियता ल्याउने चर्चा हुनासाथ त्यसको बिरोध गर्दै आएको र संघियता नेपालका लागि आवश्यक छैन भन्ने कुरा पछिल्ला गतिविधीले देखिएको उहाँले बताउनुभयो । मंहगी र भ्रष्ट्रचारले देश आक्रान्त भएको र यसको प्रभावले युवा शक्ति दिनानुदिन बिदेशीन बाध्य हुन परेको उल्लेख गर्दै उहाँले मंहगी र भ्रष्ट्रचार र संघीयताको बिरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको संचालन जिल्ला सदस्य थानेश्वर सुवेदीले गर्नु भएको थियो । बुर्तिवाङमा जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डे र गल्कोटमा जिल्ला सचिव भिमलाल पोखरेलको नेतृत्वमा सभा भएको जनमोर्चा बागलुङले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here