खानेपानीको महशुस बृद्धिको निर्णय सच्चाउन एमाले नगर कमिटीको माग

बागलुङ, १४ असार । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम महुशल बढाएको भन्दै एमाले बागलुङ नगर कमिटीले विरोध जनाएको छ ।

नेकपा एमाले बागलुङ नगरकमिटीले निर्णय सच्याउन माग गर्दै शुक्रबार संस्थाका उपाध्यक्ष हरिबहादुर जिसी र सचिव जीवन आचार्यलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेकपा एमाले बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले महशुल बढाउन भन्दा पुरानो वक्यौता उठाउन अनुरोध गर्नुभयो । संस्थाले उपभोक्ताको हित विपरित खानेपानी महशुलमा २०० प्रतिशत बृद्धि गरि उपभोक्तालाई ढाड सेक्ने तथा समितिको भत्तामा ५० प्रतिशत बृद्धि गर्ने जस्ता निर्णय प्रति एमालेको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष शर्माले हस्ताक्षरण गरेको ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।

उपभोक्ता संस्थाका उपाध्यक्ष जिसीको अध्यक्षमा बिहिबार बसेको बैठकले महशुल बढाउने निर्णय गरेको थियो । एमालेले ठूलो पुरानो वक्यौता उठाउन ध्यान नदिई त्यसको उल्टो महशुल बढाउने काम तत्काल रोक्न माग गरेको छ । ‘हामी यो समितिलाई तत्काल आफ्नो निर्णय सच्चाउन र समितिमा भएको विवाद र अध्यक्षको राजिनामाको अवस्थाको सृजना गर्ने तत्वको समेत खोजी गरि संस्था उपभोक्ताको हितमा लाग्न जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ,‘ खानेपानी जस्तो एउटा स्वच्छ सामाजिक संस्थालार्य राजनीीतक र अन्य स्वार्थको कृडास्थल बनाउने दुस्साहसको नेकपा एमाले खुलेर भत्र्सना समेत गर्दछ ।’ संस्थाका अध्यक्ष केवि राना मगरले संस्थाका केही पदाधिकारीको कारणले काम गर्न नसकेको भन्दै केही समय पहिले राजिनामा बुझाएका थिए ।

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले यसअघि न्यूनतम महशुल १०० लिदै आएको थियो । खानेपानीको न्यूनतम ८ युनिकोट १०० लिदै आएकोमा आगामी भदौदेखि १० युनिटको ३०० रुपैयाँ लिने संस्थाले निर्णय गरेको छ ।

विज्ञप्ती बुझेपछि बोल्दै संस्थाका उपाध्यक्ष हरि बहादुर जि.सी.ले संस्थाले नगर विकास कोषको ऋण भुक्तानी गर्नका लागि महशुल बढाउने निर्णय गरेको बताउनुभयो । उहाँले नगर विकास कोषसँग यसअघिको समितिले समयसापेक्ष शुल्क बुद्धि गर्ने सम्झौता गरेकोले कोषको दबाबले शुल्क बढाउने निर्णय गरेको बताउनुभयो । उहाँले नगरपालिका, राजनीतिक दल र सरोकारवालासँग छलफल गरेर मात्र निर्णयलाई कार्यान्वयन गर्ने बताउनुभयो । यस्तै संस्थाका सचिव जीवन आचार्यले पदाधिकारीको भत्ता बृद्धि नगरिएको बताउनुभयो । उहाँले खानेपानीको महशुल समयसापेक्षा बृद्धि गर्ने विगतका समितिको निर्णय रहेकोले बृद्धि गरेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here