एमाले काठेखोलाको अध्यक्षमा पुनः कार्की

बागलुङ, ६ जेठ ।
नेकपा एमाले काठेखोला गाँउ कमिटिको दोस्रो अधिवेशनबाट पुनः डिल बहादुर कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा नर बहादुर क्षेत्री, सचिवमा तिलक खड्का, उप–सचिवमा राजु गौतम र उजेली शर्मा चयन हुनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here