
पोखरा, २१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत लिन नसक्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । सत्ता गठबन्धनमा उलटपुलट आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
केहीबेर पछि उनले प्रदेश प्रमुख डिल्लीराज भट्टराईसमक्ष राजीनामा बुझाउँदैछन् । मुख्यमन्त्री पाण्डलेले बिहीबार (भोलि)सम्म विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।
पछिल्लो समय सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले विवादास्पद छविका एकीकृत समाजवादीका सांसद राजीव गुरूङ (दिपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।










