भीमापोखरा महिला विकास सहकारीको १८ औं साधारण सभा सम्पन्न

बागलुङ, १६ पुष । भीमापोखरा महिला विकास बचतब तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः हुमाकुमारी पौडेल गौतम चयन हुनुभएको छ ।

शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभाले गौतमको अध्यक्षतामा ९ सदस्य नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ओमादेवी के.सी., सचिवमा खिमा कुमारी शर्मा, सहसचिवमा माया कुमारी गौतम र कोषाध्यक्षमा जमुना केसी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै संचालकहरुमा राधिका शर्मा, फुलमाया किसान, नानुमाया के.सी. र मान कुमारी मल्ल निर्वाचित हुनुभएको छ ।

यस्तै हरिकला थापाको संयोजकत्वमा तीन सदस्य लेखा समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा गिता केसी र भविकला थापा रहनुभएको छ ।

सहकारीको साधारण सभाको उद्घाटन नेपाल सूचना तथा सञ्चार केन्द्रिय सहकारी संघका संचालक खिम बहादुर कार्कीले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै कार्कीले सहकारीहरुले ऋण लगानी पछि पनि अनुगमन गर्नुपर्ने बताउनुभयो । ‘सहकारीले ऋण लगानी गर्दा कुन उद्देश्इको लाग ऋण माग गरेको छ हेरेर मात्र गर्नुपर्छ,’ कार्कीले भन्नुभयो,‘ऋण लगानी पछि पनि सहकारीले उद्देश्य अनुरुप ऋणको प्रयोग भएको छकी छैन भनेर अनुगमन गरेमा मात्र ऋणको सही सदुपयोग हुन्छ ।’

कार्कीले सहकारीले शेयर सदस्यहरुलाई सेवा दिनुपर्ने बताउँदै शेयर सदस्यहरुले नाफा मात्र हेर्न नहुने बताउनुभयो । उहाँले नाफाको लागि कम्पनी संचालन गर्नुपर्ने बताउँदै सहकारीहरुले समाजमा र शेयर सदस्यहरुलाई सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । शेयर सदस्यहरुले संचालकलाई मात्र विश्वास गर्न नहुने बताउँदै नियमित रुपमा नीति र विधान अनुरुप सहकारी चले नचलेको बारेमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।

उद्घाटनसत्रमा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडा सदस्य भिम बहादुर केसी, चन्द्रकला थापा, शेयर सदस्य भविकला थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाले सचिव खिमा कुमारी शर्माले प्रस्तुत गरेको गतआर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन र कोषाध्यक्ष जमुना केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।

सहकारीकी अध्यक्ष हुमाकुमारी पौडेल गौतमको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनसत्रमा स्वागत मन्तव्य उपाध्यक्ष ओमादेवी केसी र सचिव खिमा कुमारी शर्माले संचालन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here