
बागलुङ, १७ मंसिर । सिवाईसी बचत तथा ऋण सहकारी लिमिटेड बागलुङको १४ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, सहकारीका पूर्वसल्लाहकार वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा, जिल्ला समन्वयन समिति बागलुङका सदस्य एवं सिवाईसी साकोसका पूर्वसंचालक सदस्य हर्क बहादुर पाण्डे, बडिगाड गाउँपालिका प्रमुख एवं सिवाईसी साकोसका पूर्वउपाध्यक्ष गण्डकी थापा अधिकारी, सल्लाहकार सिता शर्मा, जैमिनी नगरपालिका पूर्व नगर प्रमुख तथा मंगल सदस्य सेवाकेन्द्रका परामर्शदाता इन्द्रराज पौडेल, एकता सहकारीका पूर्वअध्यक्ष कृष्ण शंकर श्रेष्ठ र सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा सहकारीका सचिव जयराम भारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिता देवी सापकोटा कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका गर्नुभएको थियो । प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, सहसचिव सुभास आचार्यको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।
सहकारीमा हाल सेयर सदस्य संख्या २५ हजार ३ सय, बालबचतकर्ता ४ हजार ७ सय ५० सेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार, लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९, बचत १ अर्व ३८ करोढ ४५ लाख १ हजार ५ सय ८६ रुपैयाँ रहेको जनाइएको छ । अहिले सहकारीमा असार मसान्तसम्म ४७ करोड ५४ हजार ३ सय २३ रुपैयाँ गरी बैंक तथा नगद मौजाद रहेको कोषाध्यक्ष सितादेवी सापकोटा कंडेलले जानकारी दिनुभयो । जुन कुल बचतको ३३.९५ रहेको सहकारीका कार्यकारी प्रमुख नवराज शर्माले बताउनुभयो ।
यस्तै साधारणसभाले पुनः चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा १५ नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सितादेवी सापकोटा कंडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा सुवास आचार्य र कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै संचालक सदस्यहरुमा कृष्ण प्रसाद रिजाल, मोतिराम गौतम, पुतली थापा, राम बहादुर खत्री, चुडामणी कंडेल, भोलानाथ आचार्य, अनिता सापकोटा, गोपाल कुमार शर्मा, ईन्दिरा पाण्डे (पन्त) र सिर्जना अधिकारी पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै पदमपाणी शर्माको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । समितिको सदस्यमा केशव प्रसाद वझा र सितादेवी सापकोटा कंडेल रहनुभएको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जानकारी दिनुभयो ।










