‘लकडाउन’मा तनावबाट मुक्त रहन के गर्ने ? यस्ता छन् उपाय

39

काठमाडौं, १३ चैत ।
विश्‍वभर कोरोना भाइरसको महामारी फैलिएपछि अहिले नेपालमा लकडाउन लागू गरेको छ। नेपालमा सरकाले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्मलाई लकडाउन गरेको हो ।
यतिबेला मुलुकभरका स्कुल, कलेज र संघ संस्था बन्द छन् । लामो समय घरमै बस्नुपर्ने भएपछि धैरैजसोलाई मानसिक तनावले सताउन थालेको छ।कतिपय मानिस घरमै बस्नुपर्दाको पीडा सामाजिक संजालमा पोख्न थालेका छन् । कोही कस्तो समय आइलागेको भन्दै आफन्तसँग त्रास बाँडिरहेका छन् । यतिबेला सबैमा एकै किसिमको भय सृजना भएको छ कसरी बाँच्ने ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ३ लाख ८२ हजार १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ हजार ५६८ को जनाको मृत्यु भइसकेको छ ।
नेपालमा हालसम्म दुईजनामा कोरोना संक्रमण देखिएको छ । एकजनाको उपचारपछि संचो भएको अवस्था छ । छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमित देखिएका छन् । कोरोना भारसबाट पीडित हुनेको संख्या ५ सय बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १० पुगेको छ ।
कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भारत सरकारले चैत्र ९ गते १४ घन्टा जनता कर्फ्यू लगाएको थियो । मंगलबारबाट फेरी कर्फ्यू लगाएको छ ।
यस्तो बेलामा देशका हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी हुन्छ । आफूलाई स्वस्थ राख्न नियमित सरसफाईदेखि खानपानशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ । तल केही टिप्स दिइएका छन् । यसले पनि तपाईको स्वास्थ ठीक राख्न केही मद्त गर्नेछ ।
संगीत, पढाइ नियमित बनाउने : यदि तपाईं यतिबेला घरमा एक्लै हुनुहुन्छ भने पक्कै पनि आफूलाई एक्लो महशुस गरिरहनु भएको होला । यस्तो बेलामा तपाईले संगीत सुन्ने र किताब पढ्ने गर्नु भयो भने भने पक्कै पनि राहत मिल्नेछ । आफूलाई मनपर्ने कुनै पेन्टिङ पनि गर्नसक्नु हुन्छ ।
नियमित शारीरिक व्यायाम गर्नुहोस्ः बिहान सबैरै उठ्नुहोस् । ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्नुहोस । तपाईंको दिमाग सही दिशामा चल्नेछ । व्यायामले तनावलाई कम गर्दछ। घरको कम्पाउन्ड फराकिलो छ भने २०/२५ मिनेट जति हिड्ने गर्नुहोस् ।
सन्तुलित खाना खानुहोस्ः भनिन्छ खानाको प्रकारले व्यक्तिको आनीबानी देखाउँछ । त्यसैले पौष्टिक खाना खानुहोस् । पानी र झोलिलो पर्दाथ प्रशस्त मात्रामा पिउनुहोस् । मन तातो पानीबाट दैनिकी सुरुवात गर्नुहोस् । बेलुकाको खानामा रोटी, साग,दूध खानुहोस्। राती सुत्दा मनतातो दूध वा मन पानी पिएर सुत्नुहोस् ।
अनिदो नबस्नेः जो निद्रामा सम्झौता गर्दछ उसको स्वास्थ्यमा गम्भीर असर पुग्छ । निन्द्रा अभावका कारण कतिपय मानिस विभिन्न शारीरिक तथा मानसिक रोगबाट ग्रसित छन् । यदि तपाईं राम्ररी सुत्नु हुन्छ भने त्यसले शरीरमा बेग्लै उर्जा दिन्छ । साथै, काम पनि ठीकसँग गर्न सकिन्छ ।
परिवारसँग रमाउनुहोस्ः सधैं काममा व्यस्त भएकाहरुलाई यतिबेला एउटा संयोग जुरेको छ परिवारसँग बस्ने। यो अवसर हामीले चाहेर पनि कहिल्यै पाउँदैनौ । त्यसैले यतिबेला बाबु आमा छोराछोरी सबै सँगै मिलेर खाना पकाउने, सरसल्लाह गर्ने गर्नुपर्छ । यसो गर्दा आत्मियता बढ्नुको साथै तना पनि कम हुन्छ ।

आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here