प्रगति सहकारीको अध्यक्षमा पुनः पौडेल निर्वाचित

बागलुङ, १६ मंसिर । प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेल कुमार सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थाको बागलुङ बजारमा सम्पन्न १७ औँ साधारणसभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र महादेव सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्वत निर्वाचित गरेको हो ।

संचालक समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा बालकृष्ण शर्मा, सहसचिवमा नारायणदत्त रेग्मी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद पौडेल रहेका छन्भने सदस्यहरुमा विजयराज पन्त, बिष्णुप्रसाद शर्मा, विष्णुनाथ गौतम, गंगादेवी शर्मा, हुमादेवी खड्का र रञ्जिता शर्मा रहेका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको सदस्यमा मुरारी सापकोटा र चन्द्रकली शर्मा रहनु भएको निर्वाचन उपसमिति संयोजक दिपक गौतमले जानकारी दिए ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक सञ्चालक रामबहादुर जिसीले सहकारीप्रतिको आशा जगाउन आव्हान गर्नुभएको थियो । उहाँले साधारणसभा सदस्यहरुको सभा भएको बताउँदै सदस्यहरुलाई संस्थाको यथार्थ अवस्थाका बारेमा जानकारी गराउने, सहकारी अभियानमा समस्या आउनुका कारणहरुका बारेमा सचेतना प्रदान गर्ने, सदस्यहरुको सक्रियतामा मात्रै संस्थालाई व्यवस्थित गराउन सकिन्छ भन्ने सन्देश साधारणसभामार्फत दिनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले सबै सहकारी एउटै हुन भन्दै सर्वसाधारणहरुमा भ्रम सिर्जना गर्नेहरुको बारेमा सुक्ष्म रुपमा निगरानी गर्न सहकारीकर्मीहरुलाई आग्रह गर्नुभएको थियो । जिसीले सहकारीलाई बिगारेर आम सर्वसाधारणलाई साहुकोमा फर्कन बाध्य पार्नेहरुको पहिचान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्वाचन उपसमिति संयोजक तथा दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय संचालक दिपक गौतम, सल्लाहकार डा. सुदर्शन शिलवाल, डा. डिल्लीराज गौतम, टिकाराम सापकोटा र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले शुभकामना सहित बधाई मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट कारोबारी, जेष्ठ नागरिक लगायतलाई सम्मान गरिएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सचिव उदयचन्द्र चापागाई र आर्थिक प्रतिवेदन सहसचिव बालकृष्ण शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल कुमारको अध्यक्षता उपाध्यक्ष तोयानाथ गौतमको स्वागत, निर्वाचन समितिका सदस्य भिम गौतम र सचिव उदयचन्द्र चापागाईको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here