प्रधानमन्त्रीलाई खुल्ला पत्र

सर्वप्रथम
सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु
नमस्कार ।
सर्वप्रथम त म कुनै राजनीति पार्टीमा आबद्ध नभएको कुरा जानकारी गराउन चाहान्छु ।
नेपालको वर्तमान राजनीतिक अस्थिरता निकै नजिकैबाट नियालेको छु । म यो देशको एक युवा र जिम्मेवारी नागरिक भएको हैसियतले देशको राजनीति स्थिती र देशको अवस्था बुझ्न निकै जरुरी ठान्दछु ।
देशको भ्रष्टाचारी कालोबजारी, घुसखोरी र सिमाविवाद पनि यी मेरा दुई आँखाले नदेखेको हैनन् । तर अहिले पनि विगतको जस्तै कुनै कुरा फरक नभएको कुरा अवगत गराउन चाहान्छु । तर तपाईंको यो कार्यकालमा सरकार भनेको जनताको प्रमुख अभिभावक हो र यसले आफ्नो जिम्मेवारी कुसलताको पुर्वक निभाउछ भन्ने विश्वास दिलाउनु भएको छ । र अझै पनि देशमा नियम कानुन विधिको विधान छ भनेर आभाष दिलाउनु भएकोमा फेरि पनि धन्यवाद दिन चाहान्छु ।
पछिल्ला समय सरकारले गरेको कामहरु निकै प्रशंसा योग्य छ । त्यस अन्तर्गत आज एउता प्रशंसायोग्य कार्य लोकप्रिय एप्स टिकटकलाई नेपालमा रोक लगाउनु हो । टिकट बन्द गराउने मन्त्रीपरिषदबाट पारित भएकोमा धन्यवाद छ ।
टिकटक भनेको मुख्य प्रतिभा कला प्रस्फुटन गर्ने एक संचार हो । संचारको काम भनेको सहि सन्देश सम्प्रेषण गर्नु सहि समाचार सम्प्रेषण गर्नु हो तर यहाँ एक पक्ष माथी पुर्वाग्रह हिसाबले समाचार लेखिन्छ र समाजमा पच्नै नसक्ने शब्द प्रयोग गरिएको छ । यौनजन्य क्रियाकलाप देखाएको छ । यसै सञ्जालले कसैलाई घरबारविहीन त कसैको ज्यान लिएको छ ।
त्यसैले यस्ता सञ्जाल बन्द हुँदा म जस्ता हजारौं जिम्मेवारी नागरिकहरु पक्कै पनि धेरै खुशी छन होला । ‘नेपाल एक विविधतामा एकता भएको देश हो । यहाँ बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसंस्कृति भएको मानिसहरु छन् । यो जोगाउनु सरकारको प्रमख जिम्मेवारी पनि हो ।’
कुनै पनि कुराले देशको जनतामाझ नकारात्मक कुरा सिर्जना गर्छ भने त्यसलाई सरकारले नियन्त्रण लिनु उसको जिम्मेवारी साथै उत्तरदायित्व हो ।
हरेक कुराको सिमारेखा हुन्छ । पछिल्ला समय नेपालमा टिकटकले सिमारेखा पार गरी सामाजिक विकृति समाज खलबल्याउने जस्ता विसंगति कार्य गरेको छ । समाज मात्रै नभई देशलाई असर पर्ने गरी प्रयोग भएको छ । यसलाई नियन्त्रण गर्न बन्द गर्नु भन्दा अरु कुनै उत्कृष्ट तरिका नभएको हुँदा यसलाई बन्द गराएकोमा म यस सरकारलाई धन्यवाद दिन चाहान्छु ।
लोकतान्त्र भन्दैमा कसैलाई छुट छैन संबिधान र सरकार भन्दा माथि रहेर देशको धर्म संस्कृति र समाजमा नकारात्मक कार्य गर्न । जनभावना बुझ्दै सरकारले सुन्दर पक्षमा निर्णय गरेकोमा धन्यवाद । हामीलाई अझै आशा छ तपाईंको कार्यकालमा अझै सुन्दर कार्य हुन्छ भन्ने तपाईंको कार्यकाल सफल रहोस् ।
धन्यवाद सरकार
कोपिल (किरिजोल) रोका मगर
बाग्लुङ बजार नेपाल

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here