कास्की समुह विजेता, बागलुङ बाहिरियो

बागलुङ, २३ कार्तिक । बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै कास्की अन्तिम चारमा प्रवेश गरेको छ ।

बिहिबार विहान समुह ए को अन्तिम खेलमा आयोजक बागलुङ जिल्ला क्रिकेट संघलाई ९ विकेटले पराजित गर्दै कास्की जिल्ला क्रिकेट संघ समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । बागलुङले खाता नखोली प्रतियोगिताबाट बाहिरिएको छ ।

४४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले ५.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । कास्कीको लागि किरण पौडेलले २८ रनको अविजित इनिङ खेले । मुस्कान थापाले ९ रन बनाए ।

बागलुङको लागि अस्विन थापाले १ विकेट लिए ।

त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बागलुङले ११.३ ओभरमा ४४ रनमा अलआउट भयो । बागलुङको लागि सन्देश खड्काले ८ रन, विश्व कार्की र लक्की सापकोटाले ६–६ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानको सम्झना लायक प्रदर्शन रहेन ।

बागलुङका पाँच जना खेलाडीले रनको खाता समेत खोल्न सकेनन् । बागलुङलाई सस्तैमा समेटन् कास्कीका कप्तान विपिन खत्रीले ३.३ ओभार ८ रन खर्चेर ५ विकेट लिए । कृष्ण पौडेलले ३ विकेट लिए ।

कास्कीको जितसँगै पर्वत जिल्ला क्रिकेट संघ समुह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । पहिले खेलमा बागलुङलाई हराएको पर्वतले दोस्रो खेलमा कास्कीसँग पराजित व्यहोरेको थियो । समुह चरणका दुई खेलमै पराजित भएको बागलुङले खाता नखोली प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा समुह वि को विजेता र उपविजेताको लागि आज दिउँसो स्याङ्जा र नवलपुर विच प्रतिस्पर्धा हुने बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए । समुह वि बाट तनहुँ दुई खेलमा हार व्यहोर्दै बाहिरि सकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here